फुङ्लिङ नगरपालिकाद्वारा बालमन्दिरका शिक्षक र विद्यार्थीलाई जाडो राहत - पूर्ण प्रसाद भाट :: Palika753
नेभिगेशन
सहयोग गर्नको लागि

फुङ्लिङ नगरपालिकाद्वारा बालमन्दिरका शिक्षक र विद्यार्थीलाई जाडो राहत

ताप्लेजुङ, पुस २४ 


    ताप्लेजुङको सदरमुकाम फुङ्लिङस्थित बालमन्दिर आधारभूत विद्यालयका शिक्षक र विद्यार्थीलाई जाडो मौसमबाट जोगाउन न्यानो टोपी वितरण गरिएको छ । फुङ्लिङ नगरपालिका र कोअपरेटिभ्स युथ अर्गनाइजेसन धादिङको आर्थिक सहयोगमा बुधबार टोपी वितरण कार्यक्रम सम्पन्न भएको हो।   

3-1767860950.jpg
     विद्यालयमा कार्यरत १२ जना शिक्षक र ८५ जना विद्यार्थीलाई जाडोयाममा प्रयोग हुने न्यानो टोपी प्रदान गरिएको छ । फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेन, शिक्षा शाखाका अधिकृत प्रकाश पौडेल लगायतको उपस्थितिमा शिक्षक तथा विद्यार्थीलाई टोपी हस्तान्तरण गरिएको हो।

4-1767860956.PNG
     प्रधानाध्यापक धर्मप्रसाद पौड्यालका अनुसार जाडो मौसममा न्यानो टोपीले बालबालिका तथा शिक्षकको स्वास्थ्य संरक्षणका साथै नियमित पठनपाठनमा पनि सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । उहाँले सहयोग उपलब्ध गराउने फुङ्लिङ नगरपालिका र सहयोगी संस्थाप्रति धन्यवाद तथा आभार व्यक्त गर्नुभयो। टोपी वितरण कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख मादेनले आगामी शैक्षिक सत्र २०८३ मा दुई जना शिक्षकको दरबन्दी व्यवस्था गर्ने र चार कोठे विद्यालय भवन निर्माणका लागि बजेट विनियोजन गरिने प्रतिबद्धता जनाउनुभयो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सहयोग गर्नको लागि