छिन्नमस्ता गाउँपालिकामा आगलागी पीडित परिवारलाई राहत वितरण
सप्तरी, पुस १४
सप्तरीको धर्मी हल्फा महिला विकास क्लबले छिन्नमस्ता गाउँपालिका–३, गोविन्दपुरका आगलागी पीडित परिवारलाई राहत सामग्री उपलब्ध गराएको छ। सोमबार संस्थाले पीडित परिवारलाई दैनिक जीवनका लागि अत्यावश्यक सामग्री वितरण गरेको हो।क्लबले त्रिपाल, साडी, थाल, गिलास, कराही, पुन्यू, बाल्टिन, मग, म्याट्रेससहित खाद्यान्न तथा भाडाकुँडाका सामग्री सहयोगस्वरूप प्रदान गरेको संस्थाका अध्यक्ष ई। सूर्यनारायण यादवले जानकारी दिनुभयो।

अध्यक्ष यादवका अनुसार शीतलहरको समयमा पीडित परिवारलाई दैनिक गुजारा गर्न सहज होस् भन्ने उद्देश्यले राहत वितरण गरिएको हो। “अत्यन्त विपन्न आगलागी पीडित परिवारलाई यो कठिन समयमा केही राहत मिलोस् भनेर सहयोग गरेका हौँ,” उहाँले भन्नुभयो। गत पुस १० गते भएको आगलागीमा स्थानीय मो। रहमत मियाँको घरमा रहेको धान, गहुँ, लत्ताकपडा, भाडाकुँडा तथा नगद गरी करिब २ लाख ६५ हजार रुपैयाँ बराबरको क्षति भएको थियो।





