पौवादुङ गाउँपालिका–१ श्यामशिलामा किवी खेतीको व्यावसायिक विस्तार - पूर्ण प्रसाद भाट :: Palika753
नेभिगेशन
समाचार

पौवादुङ गाउँपालिका–१ श्यामशिलामा किवी खेतीको व्यावसायिक विस्तार

भोजपुर, साउन २९

    पौवादुङ गाउँपालिका–१ श्यामशिलाका कृषकहरू परम्परागत खेतीबाट व्यावसायिक किवी खेतीमा आकर्षित भएका छन्। गाउँपालिकाले किवीको लागि उपयुक्त भूगोल पहिचान गरी पकेट क्षेत्रु घोषणा गरेपछि कृषकहरूलाई आवश्यक प्रोत्साहनका कार्यक्रमहरू सञ्चालन गरेको छ।

वडाध्यक्ष राजेन्द्र तामाङका अनुसार, पकेट क्षेत्र निर्माणपछि यहाँका ३० घरभन्दा बढी कृषकहरूले व्यावसायिक किवी खेती सुरु गरेका छन्। किवी खेतीबाट दीर्घकालीन आम्दानीको सम्भावना देखेर कृषकहरू उत्साहित भएका छन्।

 

3-1755165680.jpg
 

    कृषकहरूले किवी बेचेर घरखर्च चलाउन थालेका छन्। श्यामशिला भोजपुर–लेगुवा सडक नजिक रहेकोले उत्पादनलाई सहज रूपमा बजारमा पुयाउन मद्दत मिलेको छ।
गाउँपालिका अध्यक्ष किरण राईका अनुसार, कृषि क्षेत्रको मुख्य आम्दानीको स्रोत बनाउने उद्देश्यले भूगोल अनुसार उपयुक्त फलफूल र सागसब्जी खेतीमा जोड दिइएको छ।

1-1755165676.JPG
 

    श्यामशिलामा किवीको प्रशस्त सम्भावना भएकाले पकेट क्षेत्र निर्माण गरिएको हो। अन्य स्थानमा कागती, एभोकाडो लगायतका फलफूल विकास कार्यक्रमहरू सञ्चालन गरिएका छन्।

   किवी खेतीले कृषकहरूको दैनिकीमा सकारात्मक परिवर्तन ल्याएको छ। कम मेहनतमा राम्रो आम्दानीको सम्भावना भएकाले कृषकहरू उत्साहित छन्। गाउँपालिकाको सहयोगले किवी खेतीमा लगानी गर्न सहज भएको कृषकहरूको भनाइ छ।

2-1755165678.jpg
 

 

   किवी खेतीको लागि उपयुक्त भूगोल रहेकोले श्यामशिला क्षेत्रलाई किवी पकेट क्षेत्रका रूपमा विकास गरिएको छ। गाउँपालिकाले किवी खेतीका लागि रु। ५० लाखभन्दा बढी लगानी गरेको जनाएको छ। अब यस क्षेत्रलाई किवी ब्लकका रूपमा विस्तार गर्ने योजना बनाइएको छ।

4-1755165684.jpg

   कुल १२ दशमलव ५१ वर्गकिलोमिटर भूभागमा उपयुक्त जमिनलाई लक्षित गरेर किवीको पकेट क्षेत्र घोषणा गरिएको छ। कृषकहरूले किवी खेतीबाट राम्रो आम्दानीको अपेक्षा गरेका छन्।

   किवी खेतीले श्यामशिलाका कृषकहरूको दैनिकीमा सकारात्मक परिवर्तन ल्याएको छ र भविष्यमा यसले कृषि क्षेत्रमा आत्मनिर्भरता ल्याउने विश्वास व्यक्त गरिएको छ

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार