समाचार
फेदीखोला गाउँपालिकामा ट्होटे पर्वको अवसरमा सार्वजनिक बिदा
स्याङ्जा, चैत २४
फेदीखोला गाउँपालिकाले तमु ९गुरुङ० समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व ‘ट्होटे’को अवसरमा आज एक दिनका लागि सार्वजनिक बिदा दिएको छ। गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सबै सरकारी कार्यालय तथा विद्यालय बन्द रहने गरी बिदा दिने निर्णय गरेको जनाएको छ।

ट्होटे पर्व गुरुङ समुदायले उत्साहका साथ मनाउने सांस्कृतिक चाड हो। समुदायको परम्परा, संस्कृति र पहिचानको संरक्षण तथा सम्मानका लागि बिदा दिइएको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिनुभयो। उहाँका अनुसार यो पर्वले समुदायबीचको एकता र सद्भाव बढाउनुका साथै सांस्कृतिक विविधताको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
प्रकाशित मिति:
मंगलबार, चैत २४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
समाचार
हुप्सेकोट गाउँपालिकामा छोरी जन्मिँदा बैंक खातासहित नगद प्रोत्साहन कार्यक्रम
मंगलबार, चैत २४, २०८२
पोखरा महानगरपालिकामा फेवाताल किनारका जलारी समुदाय विस्थापनको चिन्ता
मंगलबार, चैत २४, २०८२
पाख्रीबास नगरपालिकामा सडक मजदुर पारिश्रमिकविहीन
मंगलबार, चैत २४, २०८२
तनहुँका पालिकामा क्रसर उद्योगमाथि कडा अनुगमन, चार उद्योगको बिजुली काटियो
सोमबार, चैत २३, २०८२
धादिङको ज्वालामुखी पालिकाबाट उद्यमीदेखि सभामुखसम्म: डोलप्रसाद अर्यालको यात्रा
आइतबार, चैत २२, २०८२
समाचार

