तनहुँका पालिकामा क्रसर उद्योगमाथि कडा अनुगमन, चार उद्योगको बिजुली काटियो - पूर्ण प्रसाद भाट :: Palika753
नेभिगेशन
समाचार

तनहुँका पालिकामा क्रसर उद्योगमाथि कडा अनुगमन, चार उद्योगको बिजुली काटियो

तनहुँ, चैत २३

       तनहुँ जिल्लामा सञ्चालनमा रहेका क्रसर उद्योगहरूको अनियमितता नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालयले कडा अनुगमन अभियान थालेको छ। वातावरणीय मापदण्ड र कानुनी प्रक्रिया पालना नगरेको भेटिएपछि चार वटा उद्योगको विद्युत् सेवा तत्काल बन्द गरिएको छ।

2-1775477694.webp
     प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीको नेतृत्वमा खटिएको संयुक्त टोलीले आइतबार विभिन्न स्थानमा रहेका क्रसर उद्योगहरूको स्थलगत निरीक्षण गरेको थियो। अनुगमनका क्रममा व्यास नगरपालिका–१३ बेलबासका दुई उद्योग, ऋषिङ गाउँपालिका–१ झापुटारको एक र आँबुखैरेनी गाउँपालिकाको सत्रसय क्षेत्रको एक उद्योगले नियम उल्लङ्घन गरेको पुष्टि भएपछि विद्युत् लाइन काट्न निर्देशन दिइएको हो।

3-1775477686.jpg
      प्रशासनका अनुसार लामो समयदेखि क्रसर उद्योगहरूले मापदण्ड पालना नगरेको, साथै राजस्व चुहावटसम्बन्धी गुनासाहरू बढ्दै गएका कारण आकस्मिक अनुगमन थालिएको हो। निरीक्षणका क्रममा कैफियत देखिएका उद्योगहरूमाथि कारबाही प्रक्रिया अघि बढाइएको छ र आवश्यक मापदण्ड पूरा नगरेसम्म बिजुली सेवा पुनः सञ्चालन नहुने स्पष्ट पारिएको छ।

4-1775477695.jpg
      अनुगमन टोलीले केही उद्योगका महत्वपूर्ण कागजातहरू पनि नियन्त्रणमा लिएको छ। सम्बन्धित उद्योगहरूलाई तीन दिनभित्र आवश्यक प्रमाणसहित प्रशासनमा उपस्थित हुन निर्देशन दिइएको छ। उक्त टोलीमा जिल्ला प्रशासन कार्यालय, आन्तरिक राजस्व कार्यालय तथा जिल्ला समन्वय समितिका प्रतिनिधिहरू सहभागी थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार