कन्काई नगरपालिकाको उत्कृष्ट पहलकदमी: विद्युतीय शवदाह गृह अब सञ्चालनमा - पूर्ण प्रसाद भाट :: Palika753
नेभिगेशन
समाचार

कन्काई नगरपालिकाको उत्कृष्ट पहलकदमी: विद्युतीय शवदाह गृह अब सञ्चालनमा

झापा,भदौ १ 

   कन्काई नदीको पूर्वी तटमा, कोशी प्रदेश सरकार, कन्काई नगरपालिका र विभिन्न दाताहरूको सहकार्यमा रु २ करोड ३० लाख लागतमा एउटा आधुनिक विद्युतीय शवदाह गृह निर्माण सम्पन्न भएको छ। 
यो परियोजनामा प्रदेश सरकारले रु २ करोड, नगरपालिकाले रु २० लाख, र दाताहरूले रु १० लाख योगदान गरेका छन्। 

2-1755424322.jpg
   

   राजेन्द्रकुमार पोखरेल, कन्काई नगरपालिकाका प्रमुखले भन्नुभयो कि, शवदाह गृह सञ्चालनका लागि आवश्यक कार्यविधि तयार पारिसकेको छ र एक साताभित्र विधिवत उद्घाटन र सञ्चालन सुरु गर्ने तयारी भइरहेको छ 
गोपाल खरेल, कन्काई घाट व्यवस्थापन समितिका महासचिव तथा पूर्वाधार निर्माण संयोजक, ले बताउनुभयो कि भारतीय प्राविधिक टोलीले निर्माण कार्य सकाइसकेको छ। 

1-1755424318.JPG
 

  साउन २७ गतेको परीक्षणमा, झापा गाउँपालिका पन्थापाडाकी ८० वर्षीया हेमती राजवंशीको शव विद्युतीय शवदाह गृहमार्फत दहन गरिएको थियो।

   यस प्रणालीमार्फत एक शव दहन गर्न करिब ५० मिनेट लाग्ने बताइएको छ, जुन पारम्परिक दाउरा प्रयोग गर्दा झण्डै ३ देखि ३.५ घण्टा लाग्छ। 

  यो परियोजना आर्थिक वर्ष २०८१ /८२ को बजेटमा समावेश गरिएको थियो, जसअनुसार रु २ करोड बजेट विनियोजन गरिएको थियो।
 विद्युतीय शवदाह गृहले दाउरा र समयको बचत मात्र होइन पर्यावरण संरक्षणमा पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार