समाचार
डोटीको जोरायल गाउँपालिका-१ मिनिट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु
जोरायल गाउँपालिका-१ गोल्डेनस्थित भीमदत्त राजमार्गमा मिनिट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख एसपी बिनोद शर्माले जानकारी दिए।
जोरायल गाउँपालिका-१ गोल्डेनस्थित भीमदत्त राजमार्गमा मिनिट्रक दुर्घटना हुँदा ट्रक चालक बझाङको बुङ्गल नगरपालिका-२, दहबगरका अर्जुन धामीसहित तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख एसपी बिनोद शर्माले जानकारी दिए।

उनका अनुसार अन्य दुई जनाको भने परिचय खुल्न सकेको छैन। बुधवार बिहान ६ बजे धनगढीबाट बझाङतर्फ जाँदै गरेको सु.प ०१-००१ ख ३४२८ नम्बरको खाद्यान्न र खुद्रा सामान बोकेको मिनिट्रक अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको थियो।

शवहरू ट्रक र सामानले च्यापिएका कारण अहिलेसम्म शवहरू निकाल्न सकिएको छैन। 'मानिसले निकाल्न सक्ने अवस्था भएन, त्यसकारण डोजर लगाएर शव निकाल्ने तयारी भइरहेको छ,' उनले भने।


प्रकाशित मिति:
बुधबार, वैशाख १०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
समाचार
इस्मा गाउँपालिकामा जैढुङ्गा बिपी पार्क: जिल्लाका प्रतियोगिताको नयाँ गन्तव्य
सोमबार, पुस २८, २०८२
साँगुरीगढी गाउँपालिकामा अज्ञात पुरुषको शव फेला
सोमबार, पुस २८, २०८२
आँबुखैरहनी गाउँपालिकामा त्रिशूली किनारमा बसको अवशेष फेला
सोमबार, पुस २८, २०८२
बडीमालिका नगरपालिकामा नमुना स्वास्थ्य सेवा: जुगाडा स्वास्थ्य चौकी प्रभावकारी
शुक्रबार, पुस २५, २०८२
बारेकोट पालिकामा सौर्य मिनिग्रिड बिग्रँदा चार महिनादेखि स्थानीय अन्धकारमा
शुक्रबार, पुस २५, २०८२
कनकाई पालिकामा प्रेसर कुकर बम राखी आतङ्क फैलाउने व्यक्ति पक्राउ
शुक्रबार, पुस २५, २०८२
