समाचार
डोटीको जोरायल गाउँपालिका-१ मिनिट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु
जोरायल गाउँपालिका-१ गोल्डेनस्थित भीमदत्त राजमार्गमा मिनिट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख एसपी बिनोद शर्माले जानकारी दिए।
जोरायल गाउँपालिका-१ गोल्डेनस्थित भीमदत्त राजमार्गमा मिनिट्रक दुर्घटना हुँदा ट्रक चालक बझाङको बुङ्गल नगरपालिका-२, दहबगरका अर्जुन धामीसहित तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख एसपी बिनोद शर्माले जानकारी दिए।

उनका अनुसार अन्य दुई जनाको भने परिचय खुल्न सकेको छैन। बुधवार बिहान ६ बजे धनगढीबाट बझाङतर्फ जाँदै गरेको सु.प ०१-००१ ख ३४२८ नम्बरको खाद्यान्न र खुद्रा सामान बोकेको मिनिट्रक अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको थियो।

शवहरू ट्रक र सामानले च्यापिएका कारण अहिलेसम्म शवहरू निकाल्न सकिएको छैन। 'मानिसले निकाल्न सक्ने अवस्था भएन, त्यसकारण डोजर लगाएर शव निकाल्ने तयारी भइरहेको छ,' उनले भने।


प्रकाशित मिति:
बुधबार, वैशाख १०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
समाचार
फेदीखोला गाउँपालिकामा ट्होटे पर्वको अवसरमा सार्वजनिक बिदा
मंगलबार, चैत २४, २०८२
हुप्सेकोट गाउँपालिकामा छोरी जन्मिँदा बैंक खातासहित नगद प्रोत्साहन कार्यक्रम
मंगलबार, चैत २४, २०८२
पोखरा महानगरपालिकामा फेवाताल किनारका जलारी समुदाय विस्थापनको चिन्ता
मंगलबार, चैत २४, २०८२
पाख्रीबास नगरपालिकामा सडक मजदुर पारिश्रमिकविहीन
मंगलबार, चैत २४, २०८२
तनहुँका पालिकामा क्रसर उद्योगमाथि कडा अनुगमन, चार उद्योगको बिजुली काटियो
सोमबार, चैत २३, २०८२
धादिङको ज्वालामुखी पालिकाबाट उद्यमीदेखि सभामुखसम्म: डोलप्रसाद अर्यालको यात्रा
आइतबार, चैत २२, २०८२
