समाचार
बेलका नगरपालिका–९: स्वास्थ्यकर्मीमाथि आक्रमण, अस्पतालको कारबाही माग
उदयपुर,भाद्र ३
उदयपुर — बेलका नगरपालिका–९ का वीरेन्द्र राईले शनिबार राति नगर अस्पताल बेल्टारका हेल्थ असिस्टेन्ट शिवशंकर शाहमाथि आक्रमण गरेका छन्। आमा महिलाकुमारी राईलाई जलनको समस्या लिएर अस्पताल भर्ना गरिएको थियो। उपचारमा लापरवाही भएको आरोपमा छोरा वीरेन्द्रले चिकित्सकमाथि आक्रमण गरेका हुन्।
अस्पतालले आइतबार एक विज्ञप्ति जारी गर्दै राईले चिकित्सकमाथि हातपात, गाली गलौज र अस्पतालका भौतिक संरचना तोडफोड गरेको जनाएको छ। ईमरजेन्सी वार्डमा उपचार भइरहेको समयमा बिरामीका छोराले उपचारमा खटिएका चिकित्सकमाथि कैँची, ढुङ्गालगायत अस्पताल भित्र रहेका विभिन्न औजार प्रयोग गरी अन्धाधुन्ध आक्रमण गरेकाले उनलाई कारबाही गर्न सम्बन्धित निकायलाई अस्पतालले अनुरोध गरेको छ।
प्रकाशित मिति:
मंगलबार, भदौ ३, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
समाचार
फेदीखोला गाउँपालिकामा ट्होटे पर्वको अवसरमा सार्वजनिक बिदा
मंगलबार, चैत २४, २०८२
हुप्सेकोट गाउँपालिकामा छोरी जन्मिँदा बैंक खातासहित नगद प्रोत्साहन कार्यक्रम
मंगलबार, चैत २४, २०८२
पोखरा महानगरपालिकामा फेवाताल किनारका जलारी समुदाय विस्थापनको चिन्ता
मंगलबार, चैत २४, २०८२
पाख्रीबास नगरपालिकामा सडक मजदुर पारिश्रमिकविहीन
मंगलबार, चैत २४, २०८२
तनहुँका पालिकामा क्रसर उद्योगमाथि कडा अनुगमन, चार उद्योगको बिजुली काटियो
सोमबार, चैत २३, २०८२
धादिङको ज्वालामुखी पालिकाबाट उद्यमीदेखि सभामुखसम्म: डोलप्रसाद अर्यालको यात्रा
आइतबार, चैत २२, २०८२
समाचार
