समाचार
बेलका नगरपालिका–९: स्वास्थ्यकर्मीमाथि आक्रमण, अस्पतालको कारबाही माग
उदयपुर,भाद्र ३
उदयपुर — बेलका नगरपालिका–९ का वीरेन्द्र राईले शनिबार राति नगर अस्पताल बेल्टारका हेल्थ असिस्टेन्ट शिवशंकर शाहमाथि आक्रमण गरेका छन्। आमा महिलाकुमारी राईलाई जलनको समस्या लिएर अस्पताल भर्ना गरिएको थियो। उपचारमा लापरवाही भएको आरोपमा छोरा वीरेन्द्रले चिकित्सकमाथि आक्रमण गरेका हुन्।
अस्पतालले आइतबार एक विज्ञप्ति जारी गर्दै राईले चिकित्सकमाथि हातपात, गाली गलौज र अस्पतालका भौतिक संरचना तोडफोड गरेको जनाएको छ। ईमरजेन्सी वार्डमा उपचार भइरहेको समयमा बिरामीका छोराले उपचारमा खटिएका चिकित्सकमाथि कैँची, ढुङ्गालगायत अस्पताल भित्र रहेका विभिन्न औजार प्रयोग गरी अन्धाधुन्ध आक्रमण गरेकाले उनलाई कारबाही गर्न सम्बन्धित निकायलाई अस्पतालले अनुरोध गरेको छ।
प्रकाशित मिति:
मंगलबार, भदौ ३, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
समाचार
इस्मा गाउँपालिकामा जैढुङ्गा बिपी पार्क: जिल्लाका प्रतियोगिताको नयाँ गन्तव्य
सोमबार, पुस २८, २०८२
साँगुरीगढी गाउँपालिकामा अज्ञात पुरुषको शव फेला
सोमबार, पुस २८, २०८२
आँबुखैरहनी गाउँपालिकामा त्रिशूली किनारमा बसको अवशेष फेला
सोमबार, पुस २८, २०८२
बडीमालिका नगरपालिकामा नमुना स्वास्थ्य सेवा: जुगाडा स्वास्थ्य चौकी प्रभावकारी
शुक्रबार, पुस २५, २०८२
बारेकोट पालिकामा सौर्य मिनिग्रिड बिग्रँदा चार महिनादेखि स्थानीय अन्धकारमा
शुक्रबार, पुस २५, २०८२
कनकाई पालिकामा प्रेसर कुकर बम राखी आतङ्क फैलाउने व्यक्ति पक्राउ
शुक्रबार, पुस २५, २०८२
समाचार
