मधेश प्रदेशमा बालबालिकाको डुबेर मृत्यु: जथाभावी खाल्डो र पोखरीको कारण - पूर्ण प्रसाद भाट :: Palika753
नेभिगेशन
समाचार

मधेश प्रदेशमा बालबालिकाको डुबेर मृत्यु: जथाभावी खाल्डो र पोखरीको कारण

जनकपुरधाम, भदौ ३ 

   मधेश प्रदेशमा विकास निर्माणका क्रममा जथाभावी खनेका खाल्डाहरु र जमेको पानी, पोखरीहरुले बालबालिकाको जीवन हताश अवस्थामा पुर्‍याउँदै आएका छन्। गत आर्थिक वर्ष ९२०८१र८२० मा प्रदेशभर डुबेर २७२ जनाको मृत्यु भएको थियो — जसमा १४ वर्षमुनिका १७० जना बालबालिका विशेषगरी दर्दनाक छन्।

3-1755681153.jpg
 

जिल्लागत तथ्याङ्क:

रौतहट — ३३

धनुषा — ३०

महोत्तरी — २८

सप्तरी — २३

सर्लाही — २१

सिरहा — २०

पर्सा — १०

बारा — ५ 

2-1755681149.jpg


वृहत्तर परिप्रेक्ष्य:

  पछिल्ला तीन वर्षमा मधेशमा कुल ५४२ व्यक्ति डुबेर मरेका छन् — जसमध्ये ३२१ (५९%) बालबालिका हुन्। व्यापक रिपोर्ट अनुसार चालु आर्थिक वर्षको पहिलो १० महिनामा मात्र औसत महीनामा ११ जना बालबालिकाको मृत्यु डुबेर भएको तथ्याङ्क छ। 

 

घटनाका उदाहराणहरू:

   पर्साको ठोरीस् खेलमा गएको ८ वर्षीय अंश र ४ वर्षीय आयंश माटो निकालेको खाल्डोको पानीमा डुबेर मृत्यु वरण।

धनुषा–कमला नगरपालिकास् सडक निर्माण क्रममा खनेको गहिरो खाल्डोमा दुई बालक रितिक ९७० र रितिश ९५० डुबेर घटना सामसुम पारिएको आरोप सहित मृत्युवरण।

1-1755681145.JPG
 

सुरक्षाका कमीहरू:

    प्रहरी प्रमुख डीआईजी उमाप्रसाद चतुर्वेदी र राजनीतिक विश्लेषक तुलानारायण साहले जथाभावी खाल्डाहरु अलपत्र छोडिएर त्यसको व्यवस्थापन नहुँदा दुर्घटनाको मुख्य कारण भएको औंल्याएका छन्। कानुनी व्यवस्था र कारबाहीको अभाव पनि प्रमुख चुनौती रहेछ।

6-1755681553.JPG
 

चेतावनी र प्रतिक्रिया:

   विश्व स्वास्थ्य संगठनले डुबेर मृत्युलाई सार्वजनिक स्वास्थ्य समस्या भनेको छ,जहाँ नेपालले विश्वमै उच्च मृत्यु दर भोगिरहेको छ।

 हालै अझ एक समाचारले मधेशमा पोखरी र खाल्डोमा डुबेर ३४० बालबालिकाको मृत्यु भएको बताएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार