वीरगन्ज महानगरपालिकामा राप्रपाको संरचना विस्तार र सक्रियता

महानगरपालिका, ४ भदौ
वीरगन्ज महानगरपालिकाका पूर्वमेयर प्रदीप सुवेदीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा औपचारिक सदस्यता लिएका छन्। राप्रपाका केन्द्रीय सदस्य र सांसद दीपकबहादुर सिंहले वीरगन्जमा आयोजित विस्तारित बैठकमा सुवेदीलाई पार्टीको सदस्यता प्रदान गर्दै स्वागत गरेका हुन्।
सुवेदीले पार्टी प्रवेशपछि हिन्दुराष्ट्र र राजसंस्था पुनः स्थापनाका लागि राप्रपालाई बलियो बनाउनुपर्ने आवश्यकता औंल्याए। उनले भने, राप्रपालाई सबल र सक्षम बनाउनु हाम्रो साझा उद्देश्य हो।
यसैबीच, बैठकले पर्साका सबै स्थानीय तहमा पार्टीको संरचना विस्तार गर्ने, कमिटी नभएका ठाउँमा कमिटी गठन गर्ने, निष्क्रिय रहेका कमिटीलाई सक्रिय तुल्याउने र समयमै स्थानीय तह, प्रदेशसभा समिति, क्षेत्रीय समिति र जिल्लाको अधिवेशन गर्ने निर्णय गरेको जिल्ला अध्यक्ष सुमेश्वरनाथ उपाध्यायले जानकारी दिएका छन्।

शुभकालिका गाउँपालिकामा पहिरो, कर्णाली राजमार्ग पुनः अवरुद्ध
