वीरगन्ज महानगरपालिकामा राप्रपाको संरचना विस्तार र सक्रियता
महानगरपालिका, ४ भदौ
वीरगन्ज महानगरपालिकाका पूर्वमेयर प्रदीप सुवेदीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा औपचारिक सदस्यता लिएका छन्। राप्रपाका केन्द्रीय सदस्य र सांसद दीपकबहादुर सिंहले वीरगन्जमा आयोजित विस्तारित बैठकमा सुवेदीलाई पार्टीको सदस्यता प्रदान गर्दै स्वागत गरेका हुन्।
सुवेदीले पार्टी प्रवेशपछि हिन्दुराष्ट्र र राजसंस्था पुनः स्थापनाका लागि राप्रपालाई बलियो बनाउनुपर्ने आवश्यकता औंल्याए। उनले भने, राप्रपालाई सबल र सक्षम बनाउनु हाम्रो साझा उद्देश्य हो।
यसैबीच, बैठकले पर्साका सबै स्थानीय तहमा पार्टीको संरचना विस्तार गर्ने, कमिटी नभएका ठाउँमा कमिटी गठन गर्ने, निष्क्रिय रहेका कमिटीलाई सक्रिय तुल्याउने र समयमै स्थानीय तह, प्रदेशसभा समिति, क्षेत्रीय समिति र जिल्लाको अधिवेशन गर्ने निर्णय गरेको जिल्ला अध्यक्ष सुमेश्वरनाथ उपाध्यायले जानकारी दिएका छन्।
फेदीखोला गाउँपालिकामा ट्होटे पर्वको अवसरमा सार्वजनिक बिदा
हुप्सेकोट गाउँपालिकामा छोरी जन्मिँदा बैंक खातासहित नगद प्रोत्साहन कार्यक्रम
पोखरा महानगरपालिकामा फेवाताल किनारका जलारी समुदाय विस्थापनको चिन्ता
पाख्रीबास नगरपालिकामा सडक मजदुर पारिश्रमिकविहीन
तनहुँका पालिकामा क्रसर उद्योगमाथि कडा अनुगमन, चार उद्योगको बिजुली काटियो
