खाँदबारी नगरपालिकामा डेंगी रोकथामका लागि जनचेतना अभियान सञ्चालन
सङ्खुवासभा, ५ भाद्र
डेंगीको जोखिमलाई मध्यनजर गर्दै आज खाँदबारी नगरपालिका र स्वास्थ्य कार्यालयको संयुक्त आयोजनामा पानी जम्न नदिऔँ, लामखुट्टेको फूल नष्ट गरौँ भन्ने नारासहित जनचेतनामूलक अभियान सञ्चालन गरिएको छ।
यस अभियानमा नेपाली सेना, नेपाल प्रहरी, विद्यार्थी, युवा क्लब र विभिन्न सङ्घसंस्थाहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले टोलका झाडी फाँड्ने, पानी जम्ने भाँडा खाली गर्ने र समुदायलाई डेंगीका लक्षण र रोकथामका उपायहरू बारे जानकारी दिने पर्चा वितरण गरे।

जिल्ला समन्वय समिति प्रमुख सुमन शाक्यले डेंगी हिमाली जिल्लासम्म फैलिनु चिन्ताजनक भएको बताउनुभयो। स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत रोशन श्रेष्ठका अनुसार साउन र भदौ महिनामा ७८ जनामा डेंगी सङ्क्रमण पुष्टि भएको छ।
स्वास्थ्यकर्मीका अनुसार एडिस एजिप्टी नामक लामखुट्टेले बिहान र बेलुका सफा पानीमा फूल पार्ने भएकाले घर वरिपरि पानी जम्न नदिने र नियमित सरसफाइ गर्ने मुख्य रोकथामका उपाय हुन्। वर्षायाममा अझ बढी सतर्कता अपनाउन उनीहरूले अनुरोध गरेका छन्।
फेदीखोला गाउँपालिकामा ट्होटे पर्वको अवसरमा सार्वजनिक बिदा
हुप्सेकोट गाउँपालिकामा छोरी जन्मिँदा बैंक खातासहित नगद प्रोत्साहन कार्यक्रम
पोखरा महानगरपालिकामा फेवाताल किनारका जलारी समुदाय विस्थापनको चिन्ता
पाख्रीबास नगरपालिकामा सडक मजदुर पारिश्रमिकविहीन
तनहुँका पालिकामा क्रसर उद्योगमाथि कडा अनुगमन, चार उद्योगको बिजुली काटियो
