कैलालीको गौरिगंगा नगरपालिका–८ मा जुवा खेलिरहेका ८ जना पक्राउ - पूर्ण प्रसाद भाट :: Palika753
नेभिगेशन
समाचार

कैलालीको गौरिगंगा नगरपालिका–८ मा जुवा खेलिरहेका ८ जना पक्राउ


कैलाली,५ भाद्र 

   कैलालीको गौरीगंगा नगरपालिका–८ स्थित मसुरिया बजारमा रहेको चाइनिज कर्नर सेन्टरमा बुधबार राति साढे ११ बजेको समयमा जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सेन्टरका सञ्चालक टेक मन्नी (३० वर्ष, गौरीगंगा नगरपालिका–७) सहित अन्य ७ जना रहेका छन्।

  प्रहरीको संयुक्त टोलीले गोप्य सूचनाको आधारमा उक्त स्थानमा छापा मारेको थियो। उनीहरूको साथबाट २ लाख १३ हजार २७० रुपैयाँ र साढे ४ हजार भारतीय रुपैयाँ नगद, ४ गड्डी तास र ९ थान मोबाइल बरामद गरिएको छ।

1-1755769253.JPG
 

   जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय मसुरियाको संयुक्त टोलीले उक्त जुवाखालमा छापा मारेको थियो। पक्राउ परेका सबैलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।यसअघि पनि कैलालीमा जुवा र कौडा खेल्ने २८ जना पक्राउ परेका थिए। उनीहरूको साथबाट नगद र जुवा खेल्न प्रयोग हुने सामग्रीहरू बरामद गरिएको थियो। 


2-1755769257.jpg
 

   नेपाल प्रहरीले जुवा र सट्टेबाजीको नियन्त्रणका लागि कडा निगरानी राख्दै आएको छ। हालको आर्थिक वर्षको साउनदेखि फागुनसम्मको ८ महिनामा देशभरबाट १,८१७ जना जुवातासमा संलग्न व्यक्तिहरू पक्राउ परेका छन्। मुलुकी अपराध संहिताअनुसार पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना र दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने कानूनी व्यवस्था रहेको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार