पानौती नगरपालिकामा तीन छोरीहरूको साहसिक कदम
काभ्रेपलाञ्चोक,५ भदौ
पनौती नगरपालिका–१ रयालेका ९१ वर्षीय हरिप्रसाद सापकोटाको गत साउन २५ गते निधन भएपछि, उनका तीन छोरीहरूले परम्परागत सामाजिक दबाब र बहिष्कारको धम्कीलाई बेवास्ता गर्दै बुबाको काजकिरिया गरेका छन्। यस कदमले महिला अधिकार र समानताको पक्षमा महत्वपूर्ण सन्देश दिएको छ।
स्व। सापकोटाका पाँच छोरीमध्ये तीन जनाले दागबत्ती दिएर दाहसंस्कार गरेका थिए। यसपछि, स्थानीय समाजले उनीहरूलाई बहिष्कार गर्ने चेतावनी दिएको थियो। यद्यपि, बनेपा नगरपालिकाकी उपप्रमुख बिमला सापकोटा, राधिका सापकोटा र निर्मला सापकोटाले उक्त धम्कीलाई अस्वीकार गर्दै काजकिरियामा सक्रिय रूपमा भाग लिइन्।
उपप्रमुख बिमलाले सामाजिक सञ्जालमार्फत लेखेकी छन्, “महिला माथिको विभेद कहिले अन्त्य हुन्छरु आफ्ना बाबुको काजकिरिया गर्दा सामाजिक बहिष्कारको बैठक हुँदैछ। यो समाज र दाजुभाइ भन्नेहरूले हामीलाई पीडा माथि पीडा थप्ने बहस र बैठक तुरुन्त रोक्न अनुरोध छ। हामीले अरु कसैको वंशमा दखल गरेका छैनौँ, हामी अब थप पीडा सहनसक्ने अवस्थामा छैनौँ।

यस घटनाले नेपालको संविधान र मुलुकी देवानी संहितामा उल्लेखित समान अधिकारको उल्लंघन भएको भन्दै, उनले कानूनी र संवैधानिक दृष्टिकोणबाट पनि आफ्नो कदमलाई उचित ठहर्याइन्।
काजकिरियामा सहभागी पुरोहितलाई पनि समाजले बहिष्कार गर्ने धम्की दिएको थियो, जसका कारण अर्का पुरोहित दीपक सुवेदीलाई काजकिरिया सम्पन्न गर्न लगाइएको छ।
बेनी नगरपालिकामा ११ वर्षपछि सुवासलाई आमाको नामबाट नागरिकता
खजुरा गाउँपालिकाले २८ ऐन–कानुन बनाएर सेवा प्रवाह प्रभावकारी बनायो
पालिकाकेन्द्रित विकास बहससँगै काठमाडौँ–१० मा चुनावी सरगर्मी
सरावल गाउँपालिकामा विद्यालयको जग्गाबाट माटो बिक्री, अध्यक्ष र बिचौलियाविरुद्ध मुद्दा
