राजविराज नगरपालिकामा सडक अतिक्रमण र बसपार्कको अभावले यातायातमा समस्या - पूर्ण प्रसाद भाट :: Palika753
नेभिगेशन
समाचार

राजविराज नगरपालिकामा सडक अतिक्रमण र बसपार्कको अभावले यातायातमा समस्या

सप्तरी, ५ भदौ 

    राजविराज नगरपालिका क्षेत्रका मुख्य सडक र पैदलयात्रा क्षेत्रहरूमा अतिक्रमणका कारण यातायातमा समस्या उत्पन्न भएको छ। साना र ठूला पसलहरू सडकपेटीमा सञ्चालन भइरहेका छन् भने सवारी साधनहरू पनि अनियन्त्रित रूपमा पार्किङ गरिएका छन्।

3-1755772434.jpg
 

   राम मन्दिरदेखि उच्च अदालत जनकपुर राजविराज इजलाससम्मको करिब ४ सय मिटर सडकको दुबै छेउमा तरकारी, फलफूल, चटपटे तथा अन्य सामग्रीका पसलहरू थापिएका छन्। यसका कारण पैदलयात्रा र सवारी यातायातमा कठिनाइ भएको स्थानीय शिवनारायण यादवले बताएका छन्।

2-1755772430.jpg
 

   राजविराज बजारको सबै सडकमा सवारी साधन पार्किङ गर्दा सर्वसाधारण समस्यामा परिरहेका छन्। सवारी साधनहरू बसपार्कमा नभएर सडकमा पार्किङ गर्दा पैदल यात्रीलाई हिँडडुल गर्न समस्या हुने गरेको अधिवक्ता धर्मेन्द्र यादवले बताएका छन्।

1-1755772426.JPG
 

   राजविराज नगरपालिका कार्यपालिकाका प्रमुख इसरत प्रविणले पटकपटक अतिक्रमण हटाए पनि फेरि अतिक्रमण गरेर पसल सञ्चालन गर्ने प्रवृत्ति रोक्न नसकेको स्वीकार गरे। उनले भने, ूसडक अतिक्रमण र भिडभाड अहिलेको ठूलो समस्या हो। अतिक्रमण हटाउन पुनः पहल गर्ने र सवारी साधनलाई बसपार्कमा पार्किङ गर्ने व्यवस्था मिलाउने प्रयासमा छौँ।

5-1755772438.jpg
 

   यसअघि, राजविराज नगरपालिका र जिल्ला प्रशासन कार्यालयले संयुक्त रूपमा यातायात व्यवस्थापनका लागि पहल गरेका थिए । तथापि, बसपार्कको निर्माण कार्य पूरा नभएकाले सवारी साधनहरू सडकमा पार्किङ भइरहेका छन्।

स्थानीय प्रशासनले अतिक्रमण हटाउने अभियानलाई निरन्तरता दिने र यातायात व्यवस्थापनमा सुधार ल्याउने प्रतिबद्धता जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार