नेपाल टेलिकमको कमजोर नेटवर्कले गुल्मीका इस्मा र रेसुङ्गा नगरपालिका बासिन्दालाई हैरान - पूर्ण प्रसाद भाट :: Palika753
नेभिगेशन
समाचार

नेपाल टेलिकमको कमजोर नेटवर्कले गुल्मीका इस्मा र रेसुङ्गा नगरपालिका बासिन्दालाई हैरान

गुल्मी, भदौ ४ 


    गुल्मीको इस्मा गाउँपालिका र रेसुङ्गा नगरपालिका क्षेत्रमा नेपाल टेलिकमको मोबाइल नेटवर्क कमजोर हुँदा स्थानीयवासीलाई सञ्चारमा समस्याको सामना गर्नुपरेको छ। नेटवर्कको असहजता र इन्टरनेट सेवामा अवरोधका कारण दैनिक जीवनमा असर परेको छ।

2-1755773977.jpg
 

समस्या भएका क्षेत्रहरू

  इस्मा गाउँपालिका वडा नं. १ का गुरुवा, राहले, झरना, छिनुवा, हुलाके लगायतका बस्तीहरूमा नेटवर्क सम्पर्कमा समस्या देखिएको छ। यस्तै, वडा नं. २ का छल्दी टारी, पालुखा, सिल्तुङ, स्याला, रातचौर, रातडाँडा लगायतका क्षेत्रहरूमा पनि फोन सम्पर्क गर्न कठिनाइ भइरहेको स्थानीयले बताएका छन्।

   रेसुङ्गा नगरपालिका वडा नं. ४ का पनाहघाट क्षेत्रका बासिन्दाहरूले पनि लामो समयदेखि नेपाल टेलिकमको मोबाइल नेटवर्क कमजोर हुँदै गएको बताएका छन्। नेटवर्क समस्याका कारण मोबाइलबाट फोन सम्पर्क, इन्टरनेट प्रयोग, एसएमएस सेवा लगायतका नियमित कार्यमा समस्या उत्पन्न भएको छ।

3-1755773979.jpg
 

सेवाग्राहीको गुनासो

   फोन गर्दा समयमै नलाग्ने, फोन लागेमा पनि राम्रोसँग कुराकानी नहुने समस्याले सेवाग्राहीलाई कठिनाइमा पारेको छ। इस्मा–२ को वडा कार्यालयमै फोन नलाग्ने हुँदा सेवाग्राहीहरूले पनि समस्या भोगिरहेका छन्।

4-1755775036.jpg
 

समाधानका प्रयास

   नेपाल टेलिकम गुल्मीका सूचना अधिकारी शङ्कर सुवेदीका अनुसार, विद्युत् सेवा नियमित नभएका कारण टावरहरूमा नेटवर्क समस्या देखिएको छ। टावरका जिपिएसहरू नचलेका कारण समस्या थप गम्भीर बनेको छ। लामो समयसम्म ब्याकअपले थेग्न नसक्ने र एक स्थानमा विद्युत् हुँदा अर्को स्थानमा नहुने समस्याले पनि थप असर पुर्याएको उनले बताए।

  समस्या समाधानका लागि सिर्सेनी, धुर्कोट लगायतका क्षेत्रमा नयाँ टावरहरू राख्ने कार्य अघि बढाइएको छ। यसले नेटवर्कको पहुँच र गुणस्तर सुधार गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार