जाजरकोटको भेरी नगरपालिका वडा नं. ४ रानागाउँमा विषालु च्याउ खाँदा ११ जना बिरामी - पूर्ण प्रसाद भाट :: Palika753
नेभिगेशन
समाचार

जाजरकोटको भेरी नगरपालिका वडा नं. ४ रानागाउँमा विषालु च्याउ खाँदा ११ जना बिरामी


जाजरकोट, ६ भदौ
   
   जाजरकोटको भेरी नगरपालिका वडा नं. ४, रानागाउँका ५ परिवारका ११ जना स्थानीय जङ्गलबाट ल्याएका विषालु च्याउ खाएर बिरामी परेका छन्। उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल जाजरकोटमा भर्ना गरिएको छ।

1-1755861986.JPG
 

    बिरामी हुनेमा पदम बुढा (५० वर्ष), उनकी श्रीमती राधिका बुढा (४२ वर्ष), लिलबहादुर विक (४२ वर्ष), विमला विक (२४ वर्ष), गणेश चन्दारा (३६ वर्ष), ज्योति शाह (२९ वर्ष), पानसरा टमटा (अवस्था अज्ञात), प्रकाश पुन (१९ वर्ष) चन्द्रबहादुर विक (१९ वर्ष लक्ष्मी शाही र प्रेम मल्ल रहेका छन्।

2-1755861991.jpg
 

   स्थानीयका अनुसार, उनीहरूले बिहीबार बेलुका जङ्गलबाट ल्याएका च्याउ पकाएर खाएका थिए। केही समयपछि सबैलाई वान्ता र बेहोशीको समस्या देखिएपछि अस्पताल पुर्याइएको थियो।

जिल्ला अस्पताल जाजरकोटका प्रमुख डा। सुनिल पुनले बिरामीहरूको उपचार भइरहेको र सबैको अवस्था स्थिर रहेको जानकारी दिए। उनीहरूलाई आकस्मिक कक्षमा उपचारपछि सुधार भइरहेको उनले बताए।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार