जाजरकोटको भेरी नगरपालिका वडा नं. ४ रानागाउँमा विषालु च्याउ खाँदा ११ जना बिरामी
जाजरकोट, ६ भदौ
जाजरकोटको भेरी नगरपालिका वडा नं. ४, रानागाउँका ५ परिवारका ११ जना स्थानीय जङ्गलबाट ल्याएका विषालु च्याउ खाएर बिरामी परेका छन्। उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल जाजरकोटमा भर्ना गरिएको छ।
बिरामी हुनेमा पदम बुढा (५० वर्ष), उनकी श्रीमती राधिका बुढा (४२ वर्ष), लिलबहादुर विक (४२ वर्ष), विमला विक (२४ वर्ष), गणेश चन्दारा (३६ वर्ष), ज्योति शाह (२९ वर्ष), पानसरा टमटा (अवस्था अज्ञात), प्रकाश पुन (१९ वर्ष) चन्द्रबहादुर विक (१९ वर्ष लक्ष्मी शाही र प्रेम मल्ल रहेका छन्।

स्थानीयका अनुसार, उनीहरूले बिहीबार बेलुका जङ्गलबाट ल्याएका च्याउ पकाएर खाएका थिए। केही समयपछि सबैलाई वान्ता र बेहोशीको समस्या देखिएपछि अस्पताल पुर्याइएको थियो।
जिल्ला अस्पताल जाजरकोटका प्रमुख डा। सुनिल पुनले बिरामीहरूको उपचार भइरहेको र सबैको अवस्था स्थिर रहेको जानकारी दिए। उनीहरूलाई आकस्मिक कक्षमा उपचारपछि सुधार भइरहेको उनले बताए।
फेदीखोला गाउँपालिकामा ट्होटे पर्वको अवसरमा सार्वजनिक बिदा
हुप्सेकोट गाउँपालिकामा छोरी जन्मिँदा बैंक खातासहित नगद प्रोत्साहन कार्यक्रम
पोखरा महानगरपालिकामा फेवाताल किनारका जलारी समुदाय विस्थापनको चिन्ता
पाख्रीबास नगरपालिकामा सडक मजदुर पारिश्रमिकविहीन
तनहुँका पालिकामा क्रसर उद्योगमाथि कडा अनुगमन, चार उद्योगको बिजुली काटियो
