वीरगञ्ज महानगरपालिकामा हैजा प्रकोप नियन्त्रणका लागि स्वास्थ्य र खानेपानी विभाग सक्रिय - पूर्ण प्रसाद भाट :: Palika753
नेभिगेशन
समाचार

वीरगञ्ज महानगरपालिकामा हैजा प्रकोप नियन्त्रणका लागि स्वास्थ्य र खानेपानी विभाग सक्रिय

वीरगञ्ज, ८ भदौ

    खानेपानी विभागले तात्कालिक कदमहरू चालिरहेका छन्। मुरली टोल (वडा नं. १२) मा १६ वर्षीय किशोर, २४ वर्षीय पुरुष र २४ वर्षीया महिलामा हैजा पुष्टि भएपछि स्वास्थ्य टोली सक्रिय भएका छन्। तीमध्ये किशोरको अवस्था गम्भीर रहेको जनाइएको छ।

3-1756024617.jpg
 

   स्वास्थ्य अधिकारीहरूले पर्सा जिल्लामा हालसम्म ४२ जना बिरामीको उपचार भइरहेको जानकारी दिएका छन्। नारायणी अस्पताल र तराई अस्पतालमा झाडापखालाका बिरामीहरूको भीड देखिएको छ। नारायणी अस्पतालका प्रवक्ता डा। उदय नारायण सिंहका अनुसार, १५ मध्ये ५ जनामा हैजा पुष्टि भएको छ।

6-1756024620.JPG
 

    खानेपानी तथा ढल व्यवस्थापन विभागले प्रभावित क्षेत्रमा पानी परीक्षण र शुद्धीकरणका लागि आवश्यक सामग्रीसहितको टोली परिचालन गरेको छ। विभागका महानिर्देशक रामकुमार श्रेष्ठले भने,हामीले त्यस क्षेत्रको खानेपानी परीक्षण गर्न तत्कालै सवारी साधनसहितको घुम्ती टोली खटाएका छौँ। पानी परीक्षण र शुद्धीकरणका लागि आवश्यक पर्ने थप सामग्री आज पठाइँदै छ।

4-1756024625.jpg
 

   स्वास्थ्य मन्त्रालयका प्रवक्ता जयमोड ठाकुरका अनुसार, यो प्रकोपको कारण पानीको स्रोतमा फेकल कण्टामिनेशन हुनसक्ने आशंका गरिएको छ। यसै कारण, प्रभावित क्षेत्रका पानीका नमूना काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ।

2-1756024609.jpg
 

   शिक्षा मन्त्रालयले प्रभावित क्षेत्रमा दुई दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ। यसका साथै, स्वास्थ्य मन्त्रालयले प्रभावित क्षेत्रका घरघरमा गएर जनचेतना अभिवृद्धि अभियान सञ्चालन गर्ने तयारी गरेको छ।

5-1756024606.jpg
 

   स्वास्थ्य अधिकारीहरूले नागरिकलाई पानी उमालेर पिउन, हातधोई सफा राख्न, र झाडापखालाका लक्षण देखिएमा तुरुन्त उपचारका लागि अस्पताल जान आग्रह गरेका छन्। यस प्रकोपको नियन्त्रणका लागि सबैको सहयोग आवश्यक रहेको जनाइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार