पोखरा महानगरपालिका–१३ मा तीज मनाउन हिँडेका महिलासहित २३ जना घाइते
पोखरा,भाद्र ९
पोखरामा सोमबार बिहान भएको बस दुर्घटनामा २३ जना घाइते भएका छन्। कास्की जिल्लाको पोखरा महानगरपालिका–१३ आर्बामा मड्केल्ना क्षेत्रमा ग १ ख ४०२७ नम्बरको बस दुर्घटना भएको हो। उक्त बस पोखरा–९ महेन्द्रपुल जाने क्रममा ओरालोमा ब्रेक फेल भएर चालकले नियन्त्रण गुमाउँदा भित्तामा ठोक्किएको थियो। घाइतेको उपचार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भइरहेको छ।
अस्पतालका निमित्त निर्देशक डा. पद्मराज ढुंगानाका अनुसार घाइतेमध्ये १२ जना सामान्य उपचारपछि डिस्चार्ज भएका छन् भने ४ जनाको अवस्था गम्भीर रहेको छ। अधिकांश घाइतेको टाउको र हातमा चोट लागेको छ।
दुर्घटनामा घाइते हुनेमा तीज मनाउन हिँडेका महिलाको संख्या धेरै रहेको छ। घाइतेमध्ये १८ जना महिला र ५ जना पुरुष छन्। चालकको नियन्त्रण गुमाउनु र ब्रेक फेल हुनु दुर्घटनाको मुख्य कारण भएको बताइएको छ।
फेदीखोला गाउँपालिकामा ट्होटे पर्वको अवसरमा सार्वजनिक बिदा
हुप्सेकोट गाउँपालिकामा छोरी जन्मिँदा बैंक खातासहित नगद प्रोत्साहन कार्यक्रम
पोखरा महानगरपालिकामा फेवाताल किनारका जलारी समुदाय विस्थापनको चिन्ता
पाख्रीबास नगरपालिकामा सडक मजदुर पारिश्रमिकविहीन
तनहुँका पालिकामा क्रसर उद्योगमाथि कडा अनुगमन, चार उद्योगको बिजुली काटियो
