नवदुर्गा गाउँपालिका–५ (नवदुर्गा) मा जीप दुर्घटनाले चार जनाको ज्यान गयो - पूर्ण प्रसाद भाट :: Palika753
नेभिगेशन
समाचार

नवदुर्गा गाउँपालिका–५ (नवदुर्गा) मा जीप दुर्घटनाले चार जनाको ज्यान गयो

डडेल्धुरा, १२ भदौ

 
     नवदुर्गा गाउँपालिका–५ (चौड) क्षेत्र स्थित कच्ची सडक खण्डमा बिहीबार बिहान करिब सवा ९ बजे उग्रतारा यातायातको से १ ज ७३८ नम्बरको जिप दुर्घटनाका कारण चार जनाको घटनास्थलमै मृत्यु भएको छ । सडकबाट झण्डै २५० – ५०० मिटर तल खसेको उक्त जीपका चार यात्रुको मृत्युपछि घाइतेहरूलाई नजिकैको डडेल्धुरा अस्पतालमा उपचारका लागि उद्धार गरिएको छ ।

2-1756376555.jpg

   प्रहरीले मृतकहरूमा १८ वर्षीय सुरेश साउद, २३ वर्षीय सुरेश पार्की, ४० वर्षीया तारा अवस्थी र ७२ वर्षीया कलावती साउद रहेको पुष्टि गरेको छ । घाइतेमध्ये १८ वर्षीया सुशिला विक र चालक ३५ वर्षीय रामबहादुर साउदको अवस्था गम्भीर रहेको र उपचार जारी रहेको छ । यसैगरी, ४ वर्षीया प्रतिका पार्की, ४८ वर्षीय चन्द्रबहादुर साउद, ४४ वर्षीय प्रकाश विक र ४२ वर्षीय गणेशबहादुर साउद पनि घाइते भएका छन् ।

3-1756376559.jpg

   मृतकहरूको शव परीक्षणका लागि अस्पताल पठाइएको छ भने दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार