कृष्णपुर नगरपालिका–१ मा छाउगोठ हटाउने अभियानमा स्थानीय विरोध र कानूनी चुनौती - पूर्ण प्रसाद भाट :: Palika753
नेभिगेशन
समाचार

कृष्णपुर नगरपालिका–१ मा छाउगोठ हटाउने अभियानमा स्थानीय विरोध र कानूनी चुनौती

 कञ्चनपुर,१३ भदौ

    कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ मा छाउगोठ भत्काउने अभियान हाल सुस्ताएको छ। असार अन्तिम साता निगालीमा छाउगोठमा सुतेकी २८ वर्षीया कमला आउजीको सर्पदंशबाट मृत्यु भएपछि नगरपालिकाले १५ दिनभित्र सबै छाउगोठ भत्काउन निर्देशन दिएको थियो। यसका आधारमा वडा सदस्य रत्ना देवी बोहराको संयोजकत्वमा समिति गठन गरी अभियान सुरु गरिएको थियो। हालसम्म १८ छाउगोठ भत्काइए पनि स्थानीय विरोधका कारण अभियानमा अवरोध आएको छ।

2-1756462739.jpg

    नगरप्रमुख हेमराज ओझाका अनुसार अभियान एकैचोटि सम्पन्न गर्न नसकिने भएकाले बिस्तारै सबैलाई सम्झाउँदै अघि बढ्नुपर्ने बताइएको छ। केही व्यक्तिहरूले संस्कृतिको नाममा छाउगोठ भत्काउन अवरोध गरेका छन्। हाल जनप्रतिनिधि, गैरसरकारी संस्था र सुरक्षाकर्मीको टोलीले तथ्यांक संकलन गरिरहेको र तथ्यांक आएपछि फेरि अभियान सुरु गरिने बताइएको छ। कृष्णपुर नगरपालिका–१ का वडाध्यक्ष मोहन बस्नेतका अनुसार कुमगडामा गत वर्ष पनि केही छाउगोठ भत्काइए पनि स्थानीयको अवरोधपछि रोकिएको थियो।

5-1756462946.jpg

   अहिले पनि केही महिलाहरू महिनावारी भएका बेला घरभित्र बस्न नसकेर पाल टाँगेरै बसिरहेको हुन सक्ने बताए। जिल्ला प्रहरी कार्यालयका अनुसार साउनदेखि हालसम्म कृष्णपुर र वेदकोट नगरपालिकामा गरी १ सय ५० छाउगोठ भत्काइएका छन्।

   1-1756717601.JPG
कृष्णपुर नगरपालिका–१  मा छाउगोठ भत्काउने अभियानलाई निरन्तरता दिइएको छ। गत साता महिनावारी भएका बेला छाउगोठमा बस्न गएकी २८ वर्षीया कमला दमाईं (आउजी)को सर्पदंशका कारण मृत्यु भएपछि छाउगोठ भत्काउन सुरु गरिएको हो। वडाको निगाली र दोमिल्लाको श्रीपुर टोलमा रहेका छाउगोठ भत्काउने कार्य हुन थालेको कृष्णपुर–१ का वडाध्यक्ष मोहन बस्नेतले बताए। उनका अनुसार दुवै ठाउँमा गरी हालसम्म १५ वटा छाउगोठ भत्काइएका छन्।

 

    छाउगोठ भत्काउनका लागि समिति गठन गरेर परिचालन गरिएको उनले जानकारी दिए। समितिले समुदायमा महिनावारीका बारेमा सचेतना फैलाउने काम गरिरहेको वडाध्यक्ष बस्नेतले बताए। स्थानीय स्वतःस्फूर्त रूपमा छाउगोठ भत्काउने अभियानमा संलग्न भइरहेका जनाउँदै उनले छाउगोठ भत्काउन अटेरी गर्नेलाई प्रचलित कानुन अनुसार कारबाही गरिने उल्लेख गरे।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार