काठमाडौं महानगरपालिकाले ३१ लिटर अखाद्य तेल नष्ट गर्यो
काठमाडौँ, भदौ १४,
काठमाडौँ महानगरपालिकाले बजार अनुगमनलाई तीव्रता दिँदै वसन्तपुर र इन्द्रचोक क्षेत्रमा ३१ लिटर अखाद्य तेल नष्ट गरेको छ। वडानम्बर २३ र २४ अन्तर्गतका चार रेस्टुराँ र एक मिठाई पसलको अनुगमन गर्दा तेलको गुणस्तर परीक्षण गर्दा मान्य मापदण्ड पूरा नगरेको पाइएपछि उक्त तेल नष्ट गरिएको हो। यस क्रममा व्यवसायीलाई खाद्य स्वच्छता र तेलको बारम्बार प्रयोग नगर्न निर्देशन दिइएको छ।
त्यस्तै, धनुषा डिस्टिलरी प्रालि द्वारा उत्पादित मुस्ताङ गोल्डु मदिरामा झिँगा (फ्लाइ) भेटिएपछि उक्त उद्योगलाई रु। २ लाख जरिवाना लगाइएको छ। काठमाडौँ महानगरपालिकाको कृषि तथा पशुपंक्षी विभागका प्रमुख नुरनिधि न्यौपानेका अनुसार, उपभोक्ताको गुनासोका आधारमा गरिएको अनुगमनमा उक्त मदिरामा अखाद्य वस्तु भेटिएको पुष्टि भएको थियो। त्यसपछि महानगरपालिकाले बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७५ अनुसार कारबाही गर्दै उक्त उद्योगलाई जरिवाना लगाएको हो।

महानगरपालिकाले खाद्य तथा पेय पदार्थको गुणस्तर सुनिश्चित गर्न नियमित अनुगमन र कडा कारबाहीको नीति अवलम्बन गर्दै आएको जनाएको छ।
फेदीखोला गाउँपालिकामा ट्होटे पर्वको अवसरमा सार्वजनिक बिदा
हुप्सेकोट गाउँपालिकामा छोरी जन्मिँदा बैंक खातासहित नगद प्रोत्साहन कार्यक्रम
पोखरा महानगरपालिकामा फेवाताल किनारका जलारी समुदाय विस्थापनको चिन्ता
पाख्रीबास नगरपालिकामा सडक मजदुर पारिश्रमिकविहीन
तनहुँका पालिकामा क्रसर उद्योगमाथि कडा अनुगमन, चार उद्योगको बिजुली काटियो
