लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर सजरुद्दिन मुसलमानको निधन - पूर्ण प्रसाद भाट :: Palika753
नेभिगेशन
समाचार

लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर सजरुद्दिन मुसलमानको निधन

रुपन्देही, १५ भदौ 

    लुम्बिनी सांस्कृतिक नगरपालिका मेयर सजरुद्दिन मुसलमानको आज बिहान ९ बजे हृदयघातका कारण निधन भएको छ। उनी ७३ वर्षका थिए र लामो समय देखि मुटु रोगबाट पीडित थिए। पारिवारिक स्रोतका अनुसार, शुक्रबार मात्र मलेशिया भ्रमणबाट फर्किएका मुसलमान शनिबार बिहान अस्वस्थ भएका थिए र उनलाई अस्पताल लैजाँदै गर्दा बाटोमै निधन भएको हो।

2-1756633165.jpg

   उनको अन्तिम संस्कार आज अपराह्न ५ बजे स्थानीय कब्रिस्तानमा इस्लामिक परम्परा अनुसार गरिने भएको नगरपालिका समन्वयक तुलसीराम लामिछानेले जानकारी दिएका छन्।

lcm-logo-1756633177.jpeg

  सजरुद्दिन मुसलमान नेपाली कांग्रेस पार्टीबाट मेयर पदमा निर्वाचित भएका थिए र स्थानीय विकासमा सक्रिय भूमिका निर्वाह गर्दै आएका थिए। उनको निधनले लुम्बिनी सांस्कृतिक नगरपालिका र नेपाली कांग्रेस पार्टीलाई अपूरणीय क्षति पुगेको छ। उनको आत्माको चिर शान्तिको कामना गर्दै श्रद्धाञ्जली अर्पण गर्दछौं।

3-1756633173.jpg

   लुम्बिनी सांस्कृतिक नगरपालिका, जसको केन्द्र लुम्बिनी, भगवान गौतम बुद्धको जन्मस्थल हो, नेपालको लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा अवस्थित छ। यस नगरपालिकामा १३ वटा वडाहरू छन् र यसका प्रमुख सजरुद्दिन मुसलमानका साथ उपप्रमुख कल्पना हरिजन (सीपीएन(यूएमएल) रहेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार