भीमसेन थापा गाउँपालिकामा बस दुर्घटना: २१ घाइते, तीन गम्भीरलाई काठमाडौँ रेफर
गोरखा, १७ भदौ
मंगलबार बिहान काठमाडौँबाट गोरखाको आरुघाट तर्फ जाँदै गर्दा भिमसेन थापा गाउँपालिका–३ (तान्द्राङ, टारिफाँट) क्षेत्रमा बस दुर्घटना हुँदा २१ जना यात्रु घाइते भएका छन्। सशस्त्र प्रहरीका सह–प्रवक्ता शैलेन्द्र थापाका अनुसार, गण्डकी प्रदेश–०१–००६ ख ४१३१ नम्बरको यात्रुबाहक बस ब्रेक फेल भएर करिब चार मिटर तल खसेको थियो; जसका कारण दुर्घटना भएको अनुमान गरिएको छ।
उक्त दुर्घटनामा १८ जना घाइतेहरूको प्राथमिक उपचार आरुघाट अस्पतालमा भइरहेको छ। भने ३ जना गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाडौँ रेफर गरिएको छ। रेफर गरिएका घाइतेहरूमा चालक झलक बहादुर थापा मगर (३८), सहचालक दुर्गा बहादुर खत्री (३०)र भारतको मोतीहारीका अली आलम रहेका छन्।

दुर्घटनास्थलमा सुरक्षा आधार आरुघाटका सुरक्षाकर्मी र इलाका प्रहरी, स्थानीयको सहयोगमा उद्धार कार्य सम्पन्न भएको जनाइएको छ।
फेदीखोला गाउँपालिकामा ट्होटे पर्वको अवसरमा सार्वजनिक बिदा
हुप्सेकोट गाउँपालिकामा छोरी जन्मिँदा बैंक खातासहित नगद प्रोत्साहन कार्यक्रम
पोखरा महानगरपालिकामा फेवाताल किनारका जलारी समुदाय विस्थापनको चिन्ता
पाख्रीबास नगरपालिकामा सडक मजदुर पारिश्रमिकविहीन
तनहुँका पालिकामा क्रसर उद्योगमाथि कडा अनुगमन, चार उद्योगको बिजुली काटियो
