ब्यास गाउँपालिकाका छाङ्गरु–तिङ्कर : बाटो र सञ्चारविहीन
दार्चुला,१८ भाद्र
दार्चुलाको व्यास गाउँपालिका–१ अन्तर्गतका छाङ्गरु र तिङ्कर गाउँ आजसम्म पनि आधारभूत सुविधाको अभावमा कष्टकर जीवन बिताइरहेका छन्। नेपालको भूभाग भए पनि स्थानीयवासी भारतीय सडकमार्ग प्रयोग गर्न बाध्य छन्।
गत साउन २८ गतेको बाढीले छाङ्गरु–तिङ्कर जोड्ने करिब १० किलोमिटर पैदल बाटो बगाएपछि दुबै गाउँ सम्पर्कविच्छेदमा परेका छन्। बाटो अवरुद्ध हुँदा खाद्यान्न ढुवानी रोकिएको छ र खाद्य संकटको जोखिम बढेको छ।

संचार सेवा ठप्प, सेना–प्रहरी प्रभावित
तिङ्कर गाउँमा तीन सातादेखि मोबाइल नेटवर्क पूर्ण रूपमा बन्द छ। स्थानीयवासी र सुरक्षाकर्मीहरू वाकी–टकीमा निर्भर छन् भने छाङ्गरुमा आंशिक रूपमा मात्र टेलिकम सेवा उपलब्ध छ।
विकास कार्य अधुरो, सुरक्षा चुनौती
गत वर्ष संघीय बजेटबाट व्यास–२ का केही खण्डमा सडक निर्माण भए पनि छाङ्गरु–तिङ्कर सडक अझै अधुरो छ। गाउँपालिका उपाध्यक्ष विनोदसिंह कुँवरका अनुसार तत्काल अतिरिक्त बजेट नआएसम्म निर्माण कार्य अघि बढ्न सक्दैन, जसले स्थानीयसँगै सुरक्षाकर्मीहरूलाई पनि समस्यामा पारेको छ।

राष्ट्रिय उपस्थितिको खाँचो
पर्यटन अभियन्ता हिमालय भट्टका अनुसार, छाङ्गरु–तिङ्कर क्षेत्रमा छिटो विकास नगरे नेपालकै उपस्थितिमा कमजोर सन्देश जाने खतरा छ।
श्रमदानमै भर
स्थानीय, सुरक्षाकर्मी र जनप्रतिनिधिको सहयोगमा हालसम्म तीन ठाउँमा अस्थायी काठे पुल जडान गरिएको छ। तर चौपाया र सामान ढुवानी अझै कठिन छ। वडाध्यक्ष अशोकसिंह बोहराले दीर्घकालीन समाधानका लागि ठूलो रकम आवश्यक पर्ने बताए।
फेदीखोला गाउँपालिकामा ट्होटे पर्वको अवसरमा सार्वजनिक बिदा
हुप्सेकोट गाउँपालिकामा छोरी जन्मिँदा बैंक खातासहित नगद प्रोत्साहन कार्यक्रम
पोखरा महानगरपालिकामा फेवाताल किनारका जलारी समुदाय विस्थापनको चिन्ता
पाख्रीबास नगरपालिकामा सडक मजदुर पारिश्रमिकविहीन
तनहुँका पालिकामा क्रसर उद्योगमाथि कडा अनुगमन, चार उद्योगको बिजुली काटियो
