घरपझोङ गाउँपालिकाको संरक्षणमा मुस्ताङ इको म्युजियम - पूर्ण प्रसाद भाट :: Palika753
नेभिगेशन
समाचार

घरपझोङ गाउँपालिकाको संरक्षणमा मुस्ताङ इको म्युजियम

मुस्ताङ,१९ भाद्र


   मुस्ताङको घरपझोङ गाउँपालिका–३, पुथाङ विमानस्थल नजिकै ‘मुस्ताङ इको म्युजियम’ रहेको छ।
सन् १९९७ मा जापानको जाइका र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को सहकार्यमा यो म्युजियम स्थापना भएको हो।

1-1756976222.jpg
   स्थापना भएदेखि नै यसको उद्देश्य मुस्ताङको इतिहास, संस्कृति र जैविक विविधता प्रदर्शनीमार्फत देखाउनु थियो।
विसं २०७२ को महाभूकम्पले भवन क्षतिग्रस्त भएपछि म्युजियम सात वर्षसम्म बन्द रह्यो।
पुनर्निर्माण हुन नसकेपछि एक्यापले विसं २०७६ मा म्युजियम गाउँपालिकालाई हस्तान्तरण गर्यो।
गाउँपालिकाले पुनर्निर्माण गरेर सहकारी संस्थालाई वार्षिक ५० हजार भाडामा सञ्चालनको जिम्मा दिएको छ।

2-1756976221.jpg
  हाल म्युजियम दुई कर्मचारीमार्फत सञ्चालन भइरहेको कार्यरत कर्मचारी नारायणी गुरुङले जानकारी दिइन्।
म्युजियममा कृषि, पर्यटन, जडीबुटी, खनिज, शालग्राम शिला, वेशभूषा र फोटो ग्यालरीलगायत सामग्री प्रदर्शनीमा छन्।

mustang-1756976421.jpg
  त्यससँगै मुस्ताङको पुरानो धर्म–संस्कृति र एकाइ कावागुचीका अभिलेख पनि राखिएका छन्।
प्रत्येक वर्ष वैशाख, जेठ, असोज र कात्तिकमा पर्यटक आगमन केही बढ्ने गरे पनि अन्य समयमा न्यून रहन्छ।

4-1756976426.jpg
    स्थानीयहरूका अनुसार प्रचार–प्रसार भए मुक्तिनाथ दर्शन र उपल्लो मुस्ताङ घुम्न जाने पर्यटकलाई सजिलै आकर्षित गर्न सकिन्छ।
हाल गाउँपालिकाले म्युजियम पुग्ने बाटो, सिँढी, स्वागत गेट निर्माणसहित परिसरमा स्याउ, सल्ला र धूपी रोपेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार