मझुवागढी गाउँपालिकामा जबर्जस्ती असुली, दोषीलाई कारबाही गर्न व्यवसायीको दबाब
खोटाङ,भाद्र १८
खोटाङमा भरुवा बन्दुक देखाएर जबर्जस्ती असुली गर्ने घटनापछि यातायात व्यवसायीहरूले दोषीलाई तत्काल कारबाही गर्न माग गरेका छन्।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ का नेपाली कांग्रेस सदस्य श्यामकुमार राईले सोमबार बिहान गाडी रोकी रकम मागेको आरोप लागेपछि मंगलबार जिल्लास्थित १४ वटा यातायात व्यवसायीहरूले संयुक्त रूपमा कानुनी कारबाहीको माग गरेका हुन्। उनीहरूले यातायात मजदुरहरूको सुरक्षामा सरकारलाई गम्भीर ध्यान दिन आग्रह गरेका छन्।

संयुक्त विज्ञप्ति जारी गर्ने यातायात संघरसंस्थामध्ये खोटाङ यातायात, पूर्वखोटाङ यातायात, तुवाचुङ मारतिका यातायात, खोटाङ कालिका यातायात, पब्लिक मध्यपहाडी यातायात, हलेसी खोटाङ यातायात, दिक्तेल यातायात, यलम्बर सुम्निमा यातायात, एलम्बरहाङ अटो सेवा, शुभ खोटाङ यातायात, नेपाल यातायात स्वतन्त्र मजदुर युनियन र अखिल नेपाल यातायात मजदुर संघ खोटाङ रहेका छन्।

आरोप अनुसार, राईले खार्मीबाट दिक्तेल आउँदै गरेको ना १ ज ४३७२ नम्बरको सुमो रोकी चालक सविन तामाङलाई भरुवा बन्दुक देखाउँदै ‘सहयोग रकम’ मागेका थिए। यातायात व्यवसायीहरूले यस प्रकारका जबर्जस्ती चन्दा असुली भइरहे व्यवसाय सञ्चालनमा कठिनाइ हुने भन्दै दोषीलाई कडाइका साथ कारबाही गर्न आग्रह गरेका छन्।
फेदीखोला गाउँपालिकामा ट्होटे पर्वको अवसरमा सार्वजनिक बिदा
हुप्सेकोट गाउँपालिकामा छोरी जन्मिँदा बैंक खातासहित नगद प्रोत्साहन कार्यक्रम
पोखरा महानगरपालिकामा फेवाताल किनारका जलारी समुदाय विस्थापनको चिन्ता
पाख्रीबास नगरपालिकामा सडक मजदुर पारिश्रमिकविहीन
तनहुँका पालिकामा क्रसर उद्योगमाथि कडा अनुगमन, चार उद्योगको बिजुली काटियो
