धरान उपमहानगरपालिका र गढी गाउँपालिकाका कैदीको झुम्का कारागारमा मृत्यु - पूर्ण प्रसाद भाट :: Palika753
नेभिगेशन
समाचार

धरान उपमहानगरपालिका र गढी गाउँपालिकाका कैदीको झुम्का कारागारमा मृत्यु

धरान,भाद्र १७

   सुनसरीको झुम्का कारागारमा दुई कैदीको उपचारकै क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा धरान उपमहानगरपालिका–१० का २४ वर्षीय सागर राई र गढी गाउँपालिका–६ का ४८ वर्षीय रामदेव उराँव रहेका छन्।

4-1756983516.jpg   कारागार प्रशासनका अनुसार दुवै जनालाई अचानक श्वासप्रश्वासमा समस्या देखिएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको थियो। तर उपचारकै क्रममा उराँवको सोमबार दिउँसो र राईको मंगलबार बिहान मृत्यु भएको निमित्त जेलर राम निरौलाले जानकारी दिए।

4-1756983903.jpg
   रामदेव उराँव कर्तव्य ज्यान मुद्दामा अदालतले तोकेको २५ वर्ष कैद सजाय २०७७ सालदेखि भोगिरहेका थिए भने सागर राई लागुऔषध मुद्दामा गत वैशाखदेखि पुर्पक्षका लागि थुनामा थिए।

4-1756983253.jpg
    दुवै जनाको शव आफन्तले बुझिसकेको सुनसरीका एसपी सुमन तिमल्सिनाले बताए। उनका अनुसार कारागारमा एकैपटक दुई कैदीको मृत्यु भएपछि जिल्ला सुरक्षा समिति सुनसरीले तत्काल अनुगमन गरी स्वास्थ्य शिविर सञ्चालन गर्न कारागार प्रशासनलाई निर्देशन दिएको छ।

6-1756989436.jpg  झुम्का कारागारमा १३ दिनको अवधिभित्र तीन कैदीको मृत्यु भइसकेको छ। यसअघि भदौ ४ गते भोजपुर हतुवागढीका २८ वर्षीय विकास राईको उपचारकै क्रममा मृत्यु भएको थियो।

1-1756968788.jpg
   एसपी तिमल्सिनाले लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका कैदीहरू प्रायः दीर्घरोगी हुने गरेको उल्लेख गर्दै कारागारका बिरामी कैदीहरूको स्वास्थ्य परीक्षण नियमित गर्ने, विवरण संकलन गर्ने र गम्भीर अवस्थाका कैदीलाई आवश्यक परे अन्यत्र स्थानान्तरण गर्ने योजनाबारे जानकारी दिए। हाल झुम्का कारागारको ‘ए’ र ‘बी’ ब्लकमा गरेर १,७९४ जना कैदी राखिएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार