समाचार
शुभकालिका गाउँपालिकामा पहिरो, कर्णाली राजमार्ग पुनः अवरुद्ध
सुर्खेत,भदौ १९
कालिकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगने खोलामा बुधबार राति पहिरो खस्दा कर्णाली राजमार्ग फेरि अवरुद्ध भएको छ। लगातारको वर्षासँगै पहिरो खस्ने क्रम नरोकिने भएपछि यात्रुहरूलाई ठूलो असुविधा भएको छ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार राजमार्ग सुचारु गर्न केही समय लाग्नेछ। गगने खोला खण्डमा यसअघि पनि पटक–पटक पहिरो खस्दै आएको छ। शनिबारदेखि अवरुद्ध भएको राजमार्ग मंगलबार मात्र सञ्चालनमा आएको भए पनि बुधबार राति फेरि पहिरो खसेपछि यातायात रोकिएको हो।

लगातारको वर्षाले यस क्षेत्रमा पहिरोको जोखिम अझै बढाएको प्रहरीको भनाइ छ। सडक अवरुद्ध हुँदा यात्रुहरू बीचमा अलपत्र परेका छन् भने दैनिक उपभोग्य सामग्रीको ढुवानीमा समेत समस्या परेको छ।
प्रकाशित मिति:
बिहीबार, भदौ १९, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
समाचार
इस्मा गाउँपालिकामा जैढुङ्गा बिपी पार्क: जिल्लाका प्रतियोगिताको नयाँ गन्तव्य
सोमबार, पुस २८, २०८२
साँगुरीगढी गाउँपालिकामा अज्ञात पुरुषको शव फेला
सोमबार, पुस २८, २०८२
आँबुखैरहनी गाउँपालिकामा त्रिशूली किनारमा बसको अवशेष फेला
सोमबार, पुस २८, २०८२
बडीमालिका नगरपालिकामा नमुना स्वास्थ्य सेवा: जुगाडा स्वास्थ्य चौकी प्रभावकारी
शुक्रबार, पुस २५, २०८२
बारेकोट पालिकामा सौर्य मिनिग्रिड बिग्रँदा चार महिनादेखि स्थानीय अन्धकारमा
शुक्रबार, पुस २५, २०८२
कनकाई पालिकामा प्रेसर कुकर बम राखी आतङ्क फैलाउने व्यक्ति पक्राउ
शुक्रबार, पुस २५, २०८२
समाचार
