समाचार
शुभकालिका गाउँपालिकामा पहिरो, कर्णाली राजमार्ग पुनः अवरुद्ध
सुर्खेत,भदौ १९
कालिकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगने खोलामा बुधबार राति पहिरो खस्दा कर्णाली राजमार्ग फेरि अवरुद्ध भएको छ। लगातारको वर्षासँगै पहिरो खस्ने क्रम नरोकिने भएपछि यात्रुहरूलाई ठूलो असुविधा भएको छ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार राजमार्ग सुचारु गर्न केही समय लाग्नेछ। गगने खोला खण्डमा यसअघि पनि पटक–पटक पहिरो खस्दै आएको छ। शनिबारदेखि अवरुद्ध भएको राजमार्ग मंगलबार मात्र सञ्चालनमा आएको भए पनि बुधबार राति फेरि पहिरो खसेपछि यातायात रोकिएको हो।

लगातारको वर्षाले यस क्षेत्रमा पहिरोको जोखिम अझै बढाएको प्रहरीको भनाइ छ। सडक अवरुद्ध हुँदा यात्रुहरू बीचमा अलपत्र परेका छन् भने दैनिक उपभोग्य सामग्रीको ढुवानीमा समेत समस्या परेको छ।
प्रकाशित मिति:
बिहीबार, भदौ १९, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
समाचार
फेदीखोला गाउँपालिकामा ट्होटे पर्वको अवसरमा सार्वजनिक बिदा
मंगलबार, चैत २४, २०८२
हुप्सेकोट गाउँपालिकामा छोरी जन्मिँदा बैंक खातासहित नगद प्रोत्साहन कार्यक्रम
मंगलबार, चैत २४, २०८२
पोखरा महानगरपालिकामा फेवाताल किनारका जलारी समुदाय विस्थापनको चिन्ता
मंगलबार, चैत २४, २०८२
पाख्रीबास नगरपालिकामा सडक मजदुर पारिश्रमिकविहीन
मंगलबार, चैत २४, २०८२
तनहुँका पालिकामा क्रसर उद्योगमाथि कडा अनुगमन, चार उद्योगको बिजुली काटियो
सोमबार, चैत २३, २०८२
धादिङको ज्वालामुखी पालिकाबाट उद्यमीदेखि सभामुखसम्म: डोलप्रसाद अर्यालको यात्रा
आइतबार, चैत २२, २०८२
समाचार
