काठमाडौं उपत्यकाका नगरपालिकामा 'नेपाल कला र संस्कृति महोत्सव' सुरु

काठमाडौं, भदौ २२
नेपाल कला परिषद, नेपाल पर्यटन बोर्ड, होटल संघ नेपाल र काठमाडौं उपत्यकाका काठमाडौं, भक्तपुर, ललितपुर तथा कीर्तिपुर नगरपालिकाको सहकार्यमा ‘नेपाल कला र संस्कृति महोत्सव’ सुरु भएको छ। यो महोत्सव केवल प्रदर्शनी मात्र नभई सांस्कृतिक सम्पदा र कलाको ठूलो उत्सवका रूपमा मनाइँदैछ।
महोत्सव अन्तर्गत ‘हेरिटेज वाक’ कार्यक्रम प्रमुख आकर्षण बनेको छ। यसमा सहभागिहरूले विभिन्न शहरका ऐतिहासिक सम्पदास्थल घुमेर तिनको सांस्कृतिक महत्वबारे जानकारी लिने अवसर पाउँछन्। साथै संगीत प्रस्तुति, परम्परागत खानेकुरा स्टल र विभिन्न मनोरञ्जनात्मक कार्यक्रमसमेत आयोजना गरिएको छ।
यस प्रदर्शनीलाई इन्द्रजात्रा पर्वसँग मिलाएर आयोजना गरिएको हो, जसले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने लक्ष्य लिएको छ। महोत्सवले नेपाल केवल प्राकृतिक सौन्दर्यमा मात्र होइन, संस्कृतिमा पनि समान रूपमा धनी छ भन्ने सन्देश विश्वभर पुर्याउने उद्देश्य राखेको आयोजकहरूले जनाएका छन्।
गत वर्ष ‘देवता प्रदर्शनी’बाट सुरु गरिएको यस अभियानलाई यसपालि ‘’(Roots and Reflections) भन्ने शीर्षक दिइएको छ। ‘Roots’ अर्थात् हाम्रो मौलिक संस्कृति र परम्परा, र ‘Reflectins’ अर्थात् कलाकारले आफ्नै शैलीमा प्रस्तुत गर्ने कलात्मक अभिव्यक्ति भन्ने बुझाइएको छ।
कार्यक्रम तालिका अनुसार :
भदौ २१ — काठमाडौंको बसन्तपुरमा इन्द्रजात्रा प्रारम्भ।
भदौ २३ देखि २५ — काठमाडौंमा प्रमुख कार्यक्रमहरू।
भदौ २८ — आदिगाउँमा ‘हेरिटेज वाक’।
असोज २ देखि ४ — कीर्तिपुरमा कार्निवल शैलीको महोत्सव।
असोज ७ देखि ११ — ललितपुरमा अन्तिम प्रदर्शनी तथा समापन समारोह।
असोज ११ — विश्व पर्यटन दिवसको अवसरमा विशेष समारोहसहित महोत्सव सम्पन्न हुनेछ।
यस महोत्सवमा १४ जना स्वयंसेवक, जसमा अधिकांश सिर्जना फाइन आर्ट्स कलेजका विद्यार्थीहरू रहेका छन्, सक्रिय रूपमा संलग्न हुनेछन्।

ललितपुर महानगरपालिकाले लगनखेलमा अवैध संरचना हटायो
सार्वजनिक जमिन अतिक्रमणविरुद्ध रामग्राम नगरपालिकाको डोजर कारबाही
