शितगङ्गा नगरपालिकाको पहलमा इलाका प्रशासन कार्यालय स्थापना माग
अर्घाखाँची, पुस २०
अर्घाखाँचीको शितगङ्गा नगरपालिकामा इलाका प्रशासन कार्यालय स्थापना गर्नुपर्ने माग गर्दै नगर प्रमुखसहितको टोलीले गृहमन्त्री ओमप्रकाश अर्यालसँग भेट गरी ज्ञापनपत्र बुझाएको छ। आइतबार गृह मन्त्रालयमा भएको भेटमा नगर प्रमुख छविलाल पौडेलको नेतृत्वमा पुगेको टोलीले सेवाग्राहीको पहुँच विस्तार र स्थानीयस्तरमै प्रशासनिक सेवा उपलब्ध गराउन वडा नं. ३ स्थित ठाडा क्षेत्रमा इलाका प्रशासन कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औँल्याएको हो।

टोलीले नेपालकै ठूलो क्षेत्रफल ओगटेको स्थानीय तहका रूपमा शितगङ्गा नगरपालिकाको भौगोलिक अवस्था, जनसङ्ख्याको फैलावट, लामो दूरीका कारण सेवाग्राहीले भोग्दै आएको आर्थिक तथा सामाजिक भार, शान्ति–सुरक्षा व्यवस्थापन र नागरिकता, पासपोर्टजस्ता प्रत्यक्ष प्रशासनिक सेवामा पहुँच सहज बनाउन इलाका प्रशासन कार्यालय अत्यावश्यक भएको स्पष्ट पारेको छ। शितगङ्गा नगरपालिकामा हाल १४ वटा वडाहरू रहेका छन्।
काठमाडौँ महानगरपालिकाको पहल: रुद्रमति खोलामा व्यापक सरसफाइ अभियान
बारबर्दिया नगरपालिकाको पहलमा जब्दीघाट काठेपुल निःशुल्क
कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकाबीचको सीमा विवादले गडविजुला ताल सङ्कटमा




-1775551031.png)
