पालिका विशेष
बुढीगङ्गा नगरपालिकामा नगर भवन निर्माण ठेक्कामा अनियमितता
बाजुरा, पुस २०
बाजुराको बुढीगङ्गा नगरपालिकाको नगर भवन निर्माणका क्रममा ठेक्का प्रक्रियामा अनियमितता भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारका प्रवक्ता सागर न्यौपानेका अनुसार ठेक्कामा मिलेमतो गरी बोलपत्रका सर्तहरू बदनियतपूर्वक परिवर्तन गरिएको, प्रतिस्पर्धा सीमित बनाइएको तथा न्यूनतम कबोल गर्ने निर्माण व्यवसायीलाई अयोग्य ठहर गर्दै उच्च कबोल गर्ने कम्पनीलाई ठेक्का दिइएको प्रमाण भेटिएपछि मुद्दा दायर गरिएको हो।

यस प्रकरणमा तत्कालीन नगर प्रमुख दीपकविक्रम शाहसहित सम्बन्धित कर्मचारी र ठेकेदारविरुद्ध तीन करोड २७ लाख ७८ हजार रुपैयाँ बिगो कायम गरिएको छ। अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ
प्रकाशित मिति:
आइतबार, पुस २०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
पालिका विशेष
काठमाडौँ महानगरपालिकाको पहल: रुद्रमति खोलामा व्यापक सरसफाइ अभियान
सोमबार, चैत ९, २०८२
बारबर्दिया नगरपालिकाको पहलमा जब्दीघाट काठेपुल निःशुल्क
बुधबार, माघ २९, २०८२
कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकाबीचको सीमा विवादले गडविजुला ताल सङ्कटमा
शुक्रबार, माघ १०, २०८२
शितगङ्गा नगरपालिकाको पहलमा इलाका प्रशासन कार्यालय स्थापना माग
आइतबार, पुस २०, २०८२
समाचार




-1775551031.png)
