सिमकोट गाउँपालिकामा घर तोडफोड बढ्दा स्थानीय त्रसित
हुम्ला, भदौ ३०
सिमकोट गाउँपालिका–७ अन्तर्गतको डाँडाफया गाउँमा पछिल्ला दिनहरूदेखि निरन्तर घर तोडफोडको घटना बढ्दै गएको छ । स्थानीयवासीका अनुसार पहिचान नखुलेको अज्ञात समूहले भदौ २९ गते राति मात्रै सात घरमा तोडफोड गर्दै घरभित्रका सामग्री समेत लगेका छन्।

घटनाबाट प्रभावित नरबहादुर शाहीका भनाइमा गाउँका अधिकांश बासिन्दा हिउँदमा औलतर्फ र वर्षायाममा लेकतर्फ बसाइँ सर्ने परम्परा रहेको छ। यस्तो अवस्थामा औलका घरहरूमा सुनदेखि नुनसम्मका मूल्यवान सामान राखिने चलन छ, जुन समयमा अज्ञात व्यक्तिहरूले घरमा धावा बोलेर ढोका तोड्ने र सामग्री लुट्ने गरेको आरोप छ।

भदौ २९ गते तोडफोडमा परेका घरधनीहरूमा कृष्ण शाही, नरबहादुर शाही, जनमनि बिक, जानबहादुर शाही, अंगबहादुर शाही, चैते शाही र बलि कामी रहेका छन्। स्थानीय मन्दिर सिंहका अनुसार, केही दिनअघि गोपी सिंह, दिपक सिंह, धनबहादुर शाही, लंकबहादुर शाही, विशाल सिंह र मन्दिर सिंहकै घरमा समेत तोडफोड भएको थियो।
लगातार घटना दोहोरिँदा गाउँ त्रसित बनेको छ। “देशमा राज्य नै छैन जस्तो अवस्था देखिन थालेको छ,” स्थानीय सिंहले चिन्ता व्यक्त गरे।
फेदीखोला गाउँपालिकामा ट्होटे पर्वको अवसरमा सार्वजनिक बिदा
हुप्सेकोट गाउँपालिकामा छोरी जन्मिँदा बैंक खातासहित नगद प्रोत्साहन कार्यक्रम
पोखरा महानगरपालिकामा फेवाताल किनारका जलारी समुदाय विस्थापनको चिन्ता
पाख्रीबास नगरपालिकामा सडक मजदुर पारिश्रमिकविहीन
तनहुँका पालिकामा क्रसर उद्योगमाथि कडा अनुगमन, चार उद्योगको बिजुली काटियो
