नारायण पालिकाका बोहराको चिन्ता: जेनजीको रगत खेर जाला कि ?
काठमाडौं, कात्तिक २१
दैलेखका २८ वर्षीय प्रकाशबहादुर बोहरा अहिले वीर अस्पतालको ट्रमा सेन्टरमा उपचाररत छन्। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा देब्रे तिघ्रामा गोली लागेका उनी दुई महिनादेखि उपचार गराइरहेका छन्।
देशमा मौलाएको भ्रष्टाचार, अनियमितता र नातावादविरुद्ध सडकमा उत्रिएका बोहरालाई अहिले आन्दोलनमा बगेको रगत र साथीहरूको बलिदान खेर जाला कि भन्ने चिन्ता छ।
“म राजनीति गर्दिनँ, तर ठिक–बेठिक छुट्याउन सक्छु,” उनले भने, “हामी जन्मिनुअघि शासन गर्नेहरू नै आज पनि सत्तामा छन्, परिवर्तन त केवल अनुहारमा मात्रै हो।”

गोली लागेर खुट्टा काट्नुपर्ने अवस्था आए पनि अपरेसनपछि अब दुई–तीन महिनामा सामान्य हिँड्न सकिने चिकित्सकको भनाइ छ। बोहराले आन्दोलनका मागहरू पूरा नभएसम्म संघर्ष जारी राख्ने बताएका छन्।

“सहिद घोषणा, घाइतेहरूको आजीवन उपचार र रोजगारीको ग्यारेन्टी राज्यले गर्नुपर्छ,” उनले माग गरे।
हेल्थ असिस्टेन्ट पढेका बोहराले करार सेवामा केही समय काम गरेपछि अवसर नदेखी विदेश जाने निर्णय गरेका थिए। रसियन आर्मीमा १८ महिना सेवा गरेका उनले ती दिनहरू “कहालीलाग्दा” भएको बताउँछन्।
इस्मा गाउँपालिकामा जैढुङ्गा बिपी पार्क: जिल्लाका प्रतियोगिताको नयाँ गन्तव्य
साँगुरीगढी गाउँपालिकामा अज्ञात पुरुषको शव फेला
आँबुखैरहनी गाउँपालिकामा त्रिशूली किनारमा बसको अवशेष फेला
बडीमालिका नगरपालिकामा नमुना स्वास्थ्य सेवा: जुगाडा स्वास्थ्य चौकी प्रभावकारी
