नारायण पालिकाका बोहराको चिन्ता: जेनजीको रगत खेर जाला कि ?
काठमाडौं, कात्तिक २१
दैलेखका २८ वर्षीय प्रकाशबहादुर बोहरा अहिले वीर अस्पतालको ट्रमा सेन्टरमा उपचाररत छन्। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा देब्रे तिघ्रामा गोली लागेका उनी दुई महिनादेखि उपचार गराइरहेका छन्।
देशमा मौलाएको भ्रष्टाचार, अनियमितता र नातावादविरुद्ध सडकमा उत्रिएका बोहरालाई अहिले आन्दोलनमा बगेको रगत र साथीहरूको बलिदान खेर जाला कि भन्ने चिन्ता छ।
“म राजनीति गर्दिनँ, तर ठिक–बेठिक छुट्याउन सक्छु,” उनले भने, “हामी जन्मिनुअघि शासन गर्नेहरू नै आज पनि सत्तामा छन्, परिवर्तन त केवल अनुहारमा मात्रै हो।”

गोली लागेर खुट्टा काट्नुपर्ने अवस्था आए पनि अपरेसनपछि अब दुई–तीन महिनामा सामान्य हिँड्न सकिने चिकित्सकको भनाइ छ। बोहराले आन्दोलनका मागहरू पूरा नभएसम्म संघर्ष जारी राख्ने बताएका छन्।

“सहिद घोषणा, घाइतेहरूको आजीवन उपचार र रोजगारीको ग्यारेन्टी राज्यले गर्नुपर्छ,” उनले माग गरे।
हेल्थ असिस्टेन्ट पढेका बोहराले करार सेवामा केही समय काम गरेपछि अवसर नदेखी विदेश जाने निर्णय गरेका थिए। रसियन आर्मीमा १८ महिना सेवा गरेका उनले ती दिनहरू “कहालीलाग्दा” भएको बताउँछन्।
फेदीखोला गाउँपालिकामा ट्होटे पर्वको अवसरमा सार्वजनिक बिदा
हुप्सेकोट गाउँपालिकामा छोरी जन्मिँदा बैंक खातासहित नगद प्रोत्साहन कार्यक्रम
पोखरा महानगरपालिकामा फेवाताल किनारका जलारी समुदाय विस्थापनको चिन्ता
पाख्रीबास नगरपालिकामा सडक मजदुर पारिश्रमिकविहीन
तनहुँका पालिकामा क्रसर उद्योगमाथि कडा अनुगमन, चार उद्योगको बिजुली काटियो
