हंसपुर नगरपालिका–७ मा वृद्धाको हत्या तथा लुटपाट, आरोपी महिला पक्राउ
धनुषा, कात्तिक २६
धनुषा जिल्लाको हंसपुर नगरपालिका–७, नुवाखोर टोलमा ६२ वर्षीया वृद्ध महिला चन्द्रकला देवी दासको हत्या गरी सुन र चाँदीका गरगहना लुटपाट गरेको आरोपमा प्रहरीले ४५ वर्षीया पवित्री देवी मण्डललाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार, मृतकलाई गत २०८२ कात्तिक २४ गते राति करिब ९ बजे आफ्नै घरबाट करिब ५०० मिटर टाढा मृत अवस्थामा फेला पारिएको थियो। घटनाको जानकारी पाएसँगै प्रहरी, प्रमुख प्रहरी उपरीक्षक रुगम बहादुर कुवँरको नेतृत्वमा अनुसन्धान टोली घटनास्थलमा खटिएको थियो।
अनुसन्धानका क्रममा पवित्री देवी मण्डलले हत्या गरी गरगहना लुटेको खुलेको छ। पक्राउ परेकी महिलाको साथबाट २ थान झुम्का, २ थान बाली, २ थान मंगलसूत्र र खुट्टामा लगाउने २ थान कडा सहित मृतकलाई मार्न प्रयोग भएको हतियार समेत बरामद गरिएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक गणेश बहादुर बमका अनुसार, पवित्रीमाथि धनुषा जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान कार्य जारी छ।
फेदीखोला गाउँपालिकामा ट्होटे पर्वको अवसरमा सार्वजनिक बिदा
हुप्सेकोट गाउँपालिकामा छोरी जन्मिँदा बैंक खातासहित नगद प्रोत्साहन कार्यक्रम
पोखरा महानगरपालिकामा फेवाताल किनारका जलारी समुदाय विस्थापनको चिन्ता
पाख्रीबास नगरपालिकामा सडक मजदुर पारिश्रमिकविहीन
तनहुँका पालिकामा क्रसर उद्योगमाथि कडा अनुगमन, चार उद्योगको बिजुली काटियो
