कचनकवल गाउँपालिकाद्वारा उन्नत गहुँ बीउ प्रति केजी ३७ रुपैयाँमा
बनियानी, कात्तिक २६
कचनकवल गाउँपालिकाले आगामी मौसमी खेतीलाई लक्षित गर्दै उन्नत जातको गहुँको बीउमा ५० प्रतिशत अनुदान दिने निर्णय गरेको छ। गाउँपालिका कार्यपालिका कार्यालयले सूचना जारी गर्दै किसानलाई बीउ अनुदानका लागि आवेदन खुला गरेको छ। सूचना अनुसार, इच्छुक किसानहरूले प्रति केजी मात्र ३७ रुपैयाँमा उन्नत जातको गहुँको बीउ पाउन सक्नेछन्।
किसानहरूले सम्बन्धित वडाबाट निवेदन पेश गरी सूचना प्रकाशन भएको मितिबाट १० दिनभित्र नेपाली नागरिकताको प्रतिलिपिसहित गाउँपालिकाको विकास शाखा, बनियानीमा सम्पर्क गर्नुपर्ने जनाएको छ।
गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतद्वारा जारी सूचनामा भनिएको छ, “यो अनुदानले किसानलाई उन्नत बीउ प्रयोग गर्न प्रेरित गर्नेछ र गहुँ उत्पादन वृद्धि गर्ने लक्ष्य राखिएको छ।”

कचनकवल गाउँपालिकाले यसअघि पनि विभिन्न कृषि प्रोत्साहन कार्यक्रम सञ्चालन गर्दै आएको बताइएको छ। थप जानकारीका लागि गाउँपालिकाको कार्यालय वा फोन नम्बर ९८५२६५५२१० मा सम्पर्क गर्न सकिने जनाइएको छ।
फेदीखोला गाउँपालिकामा ट्होटे पर्वको अवसरमा सार्वजनिक बिदा
हुप्सेकोट गाउँपालिकामा छोरी जन्मिँदा बैंक खातासहित नगद प्रोत्साहन कार्यक्रम
पोखरा महानगरपालिकामा फेवाताल किनारका जलारी समुदाय विस्थापनको चिन्ता
पाख्रीबास नगरपालिकामा सडक मजदुर पारिश्रमिकविहीन
तनहुँका पालिकामा क्रसर उद्योगमाथि कडा अनुगमन, चार उद्योगको बिजुली काटियो
