समाचार
संखुवासभा,जिल्लाको भोटखोला गाउँपालिका(४)मा पहिरो जाँदा पाँच घरपरिवार विस्थापित भएका छन्।
संखुवासभा, साउन ७ गते – भोटखोला गाउँपालिका स्थित जिजिङ्ग्खा टोलमा मंगलबार राति आएको भीषण पहिरोका कारण पाँच घरपरिवार विस्थापित भएका छन्। गाउँपालिका अध्यक्ष वाङ्छेदर भोटेका अनुसार, ढुंगा, माटो र ठूलो ढिस्कोसहित आएको पहिरोले एक घर पूर्ण रूपमा भत्काएको छ भने अर्को घर आंशिक रूपमा क्षतिग्रस्त भएको छ। बाँकी तीन घरहरू उच्च जोखिममा परेका कारण ती परिवारहरू पूर्णरूपमा विस्थापित भएका छन्।

पीडितहरूलाई तत्काल स्थानीय युवा, स्याक्सिला गोला प्रहरी चौकी र गाउँपालिका अध्यक्षको समन्वयमा सुरक्षित स्थानमा सारिएको छ। हाल उनीहरू अस्थायी बसोबासमा रहेका छन् र पुनर्स्थापना कार्य सुरु भइसकेको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले थप क्षति रोक्नका लागि पहिरो प्रभावित क्षेत्रहरूमा सावधानी अपनाउन सबैलाई अनुरोध गरेको छ।
प्रकाशित मिति:
बुधबार, साउन ८, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
समाचार
फेदीखोला गाउँपालिकामा ट्होटे पर्वको अवसरमा सार्वजनिक बिदा
मंगलबार, चैत २४, २०८२
हुप्सेकोट गाउँपालिकामा छोरी जन्मिँदा बैंक खातासहित नगद प्रोत्साहन कार्यक्रम
मंगलबार, चैत २४, २०८२
पोखरा महानगरपालिकामा फेवाताल किनारका जलारी समुदाय विस्थापनको चिन्ता
मंगलबार, चैत २४, २०८२
पाख्रीबास नगरपालिकामा सडक मजदुर पारिश्रमिकविहीन
मंगलबार, चैत २४, २०८२
तनहुँका पालिकामा क्रसर उद्योगमाथि कडा अनुगमन, चार उद्योगको बिजुली काटियो
सोमबार, चैत २३, २०८२
धादिङको ज्वालामुखी पालिकाबाट उद्यमीदेखि सभामुखसम्म: डोलप्रसाद अर्यालको यात्रा
आइतबार, चैत २२, २०८२
समाचार
