समाचार
टोखा नगरपालिका–९ नयाँ बसपार्क नजिक तेस्रो लिंगीको शव फेला
काठमाडौं, मंसिर ७
राजधानीको टोखा नगरपालिका–९ नयाँ बसपार्क नजिकै सडक किनारमा शनिबार दिउँसो तन्नाले बेरेर फालिएको अवस्थामा शव फेला परेको छ। शव तेस्रो लिंगीको भएको खुलेको भए पनि अहिलेसम्म सनाखत हुन सकेको छैन।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार शवको पहिचान नखुलेका कारण अनुसन्धानमा थप चुनौती आएको छ।

प्रहरी टोली घटनास्थलमा पुग्दा शव तन्नाले बेरिएको अवस्थामा भेटिएको थियो। सन्दिग्ध परिस्थितिमा शव भेटिएकोले प्रहरीले यसलाई हत्यासम्बन्धी घटनाको रूपमा लिएर अनुसन्धान अघि बढाएको छ। तर शव हतियारले टुक्रा पारिएको नभई सिंगो शरीरको रूपमा फेला परेको प्रहरीले स्पष्ट गरेको छ। शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ। यद्यपि अहिलेसम्म शवको पहिचान खुल्न सकेको छैन।
प्रकाशित मिति:
आइतबार, मंसिर ८, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
समाचार
फेदीखोला गाउँपालिकामा ट्होटे पर्वको अवसरमा सार्वजनिक बिदा
मंगलबार, चैत २४, २०८२
हुप्सेकोट गाउँपालिकामा छोरी जन्मिँदा बैंक खातासहित नगद प्रोत्साहन कार्यक्रम
मंगलबार, चैत २४, २०८२
पोखरा महानगरपालिकामा फेवाताल किनारका जलारी समुदाय विस्थापनको चिन्ता
मंगलबार, चैत २४, २०८२
पाख्रीबास नगरपालिकामा सडक मजदुर पारिश्रमिकविहीन
मंगलबार, चैत २४, २०८२
तनहुँका पालिकामा क्रसर उद्योगमाथि कडा अनुगमन, चार उद्योगको बिजुली काटियो
सोमबार, चैत २३, २०८२
धादिङको ज्वालामुखी पालिकाबाट उद्यमीदेखि सभामुखसम्म: डोलप्रसाद अर्यालको यात्रा
आइतबार, चैत २२, २०८२
समाचार
