काठमाडौं पालिकाको धूलोरहित सडक योजना अघि बढ्दै
काठमाडौं, मंसिर २१
काठमाडौं महानगरपालिकाले आफ्ना गौरव परियोजनामध्ये एक मानिने ‘धूलोरहित सडक’ कार्यक्रम अन्तर्गत हालसम्म करिब ५५ किलोमिटर सडक कालोपत्र भएको जनाएको छ। तीन वर्षसम्म निरन्तर सञ्चालन हुने यो कार्यक्रमको कुल लागत करिब दुई अर्ब ५२ करोड ४७ लाख रुपैयाँ निर्धारण गरिएको छ।

महानगरले पूर्वाधार सुधारमार्फत सडकलाई धुलोरहित बनाउने लक्ष्यसहित बहुवर्षीय योजना अघि बढाएको हो। यस अन्तर्गत हरेक वर्ष करिब एक अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। सार्वजनिक निर्माण विभागमार्फत सञ्चालित कार्यक्रममा वडाबाट आएका मागका आधारमा सडक मर्मत, खाल्डाखुल्डी पुर्ने, कालोपत्र, आवश्यकताअनुसार ढलान तथा ढल मर्मतजस्ता काम समावेश छन्।
योजना सुरु गर्दा करिब तीन अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको थियो। महानगरले काठमाडौंलाई चार भागमा विभाजन गरी प्याकेज तयार पारेको छ र सार्वजनिक खरिद प्रक्रियाबाट प्रतिस्पर्धी छानिएको जनाएको छ।
पूर्व क्षेत्रको प्याकेजमा वडा नं. ६, ७, ८, ९, १०, ३१ र ३२ गरी सात वडाको जिम्मेवारी ‘वल्र्डवाइड–कोहिनुर–रमिता जेभी’ ले पाएको छ। यस क्षेत्रका लागि करिब ९० करोड लागत अनुमान भए पनि सार्वजनिक खरिदपछि कार्यादेश रकम ७९ करोड ५७ लाख रुपैयाँ निर्धारण भएको छ।

निर्माण कम्पनीसँग २०८१ असोज १४ गते सम्झौता भएको र काम सम्पन्न गर्ने म्याद २०८३ असार मसान्तसम्म रहने बताइएको छ।
फेदीखोला गाउँपालिकामा ट्होटे पर्वको अवसरमा सार्वजनिक बिदा
हुप्सेकोट गाउँपालिकामा छोरी जन्मिँदा बैंक खातासहित नगद प्रोत्साहन कार्यक्रम
पोखरा महानगरपालिकामा फेवाताल किनारका जलारी समुदाय विस्थापनको चिन्ता
पाख्रीबास नगरपालिकामा सडक मजदुर पारिश्रमिकविहीन
तनहुँका पालिकामा क्रसर उद्योगमाथि कडा अनुगमन, चार उद्योगको बिजुली काटियो
