समाचार
सर्लाहीका दुई पालिकामा लागुऔषधसहित दुई जना पक्राउ
सर्लाही , मंसिर २१
सर्लाही प्रहरीले एक एम्बुलेन्सबाट ठूलो मात्रामा गाँजा बरामद गरेको छ। हरिवन नगरपालिका–५, घुर्कौलीको हीरालाल टोलबाट गाँजा बोकेर निस्कन लागेको अवस्थामा ज १ च १५५८ नम्बरको एम्बुलेन्स आज बिहान नियन्त्रणमा लिइएको हो। उक्त एम्बुलेन्स नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा दर्ता भएको बताइएको छ।

गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय हरिवनको टोलीले एम्बुलेन्स चेकजाँच गर्दा करिब ५१ किलो गाँजा फेला पारेको हो। प्रहरीले सोही एम्बुलेन्सका चालक, रौतहटको यमुनामाई गाउँपालिका–४ निवासी ३७ वर्षीय सुरेन्द्र राय यादवलाई समेत पक्राउ गरेको छ।

यसै क्रममा, प्रहरीले लालबन्दी नगरपालिका–११ हिरापुरबाट सोही नगरपालिका–१४ नारायणखोलाका २५ वर्षीय गङ्गाबहादुर वाइवालाई पनि ५२ किलो गाँजासहित नियन्त्रणमा लिएको छ।
प्रकाशित मिति:
आइतबार, मंसिर २२, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
समाचार
फेदीखोला गाउँपालिकामा ट्होटे पर्वको अवसरमा सार्वजनिक बिदा
मंगलबार, चैत २४, २०८२
हुप्सेकोट गाउँपालिकामा छोरी जन्मिँदा बैंक खातासहित नगद प्रोत्साहन कार्यक्रम
मंगलबार, चैत २४, २०८२
पोखरा महानगरपालिकामा फेवाताल किनारका जलारी समुदाय विस्थापनको चिन्ता
मंगलबार, चैत २४, २०८२
पाख्रीबास नगरपालिकामा सडक मजदुर पारिश्रमिकविहीन
मंगलबार, चैत २४, २०८२
तनहुँका पालिकामा क्रसर उद्योगमाथि कडा अनुगमन, चार उद्योगको बिजुली काटियो
सोमबार, चैत २३, २०८२
धादिङको ज्वालामुखी पालिकाबाट उद्यमीदेखि सभामुखसम्म: डोलप्रसाद अर्यालको यात्रा
आइतबार, चैत २२, २०८२
समाचार
