समाचार
सर्लाहीका दुई पालिकामा लागुऔषधसहित दुई जना पक्राउ
सर्लाही , मंसिर २१
सर्लाही प्रहरीले एक एम्बुलेन्सबाट ठूलो मात्रामा गाँजा बरामद गरेको छ। हरिवन नगरपालिका–५, घुर्कौलीको हीरालाल टोलबाट गाँजा बोकेर निस्कन लागेको अवस्थामा ज १ च १५५८ नम्बरको एम्बुलेन्स आज बिहान नियन्त्रणमा लिइएको हो। उक्त एम्बुलेन्स नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा दर्ता भएको बताइएको छ।

गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय हरिवनको टोलीले एम्बुलेन्स चेकजाँच गर्दा करिब ५१ किलो गाँजा फेला पारेको हो। प्रहरीले सोही एम्बुलेन्सका चालक, रौतहटको यमुनामाई गाउँपालिका–४ निवासी ३७ वर्षीय सुरेन्द्र राय यादवलाई समेत पक्राउ गरेको छ।

यसै क्रममा, प्रहरीले लालबन्दी नगरपालिका–११ हिरापुरबाट सोही नगरपालिका–१४ नारायणखोलाका २५ वर्षीय गङ्गाबहादुर वाइवालाई पनि ५२ किलो गाँजासहित नियन्त्रणमा लिएको छ।
प्रकाशित मिति:
आइतबार, मंसिर २२, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
समाचार
इस्मा गाउँपालिकामा जैढुङ्गा बिपी पार्क: जिल्लाका प्रतियोगिताको नयाँ गन्तव्य
सोमबार, पुस २८, २०८२
साँगुरीगढी गाउँपालिकामा अज्ञात पुरुषको शव फेला
सोमबार, पुस २८, २०८२
आँबुखैरहनी गाउँपालिकामा त्रिशूली किनारमा बसको अवशेष फेला
सोमबार, पुस २८, २०८२
बडीमालिका नगरपालिकामा नमुना स्वास्थ्य सेवा: जुगाडा स्वास्थ्य चौकी प्रभावकारी
शुक्रबार, पुस २५, २०८२
बारेकोट पालिकामा सौर्य मिनिग्रिड बिग्रँदा चार महिनादेखि स्थानीय अन्धकारमा
शुक्रबार, पुस २५, २०८२
कनकाई पालिकामा प्रेसर कुकर बम राखी आतङ्क फैलाउने व्यक्ति पक्राउ
शुक्रबार, पुस २५, २०८२
समाचार
