बेलबारी नगरपालिकामा विष सेवन घटना: एकको मृत्यु, एक गम्भीर - पूर्ण प्रसाद भाट :: Palika753
नेभिगेशन
समाचार

बेलबारी नगरपालिकामा विष सेवन घटना: एकको मृत्यु, एक गम्भीर

मोरङ, मङ्सिर २२


   मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलमा भएको विष सेवन घटनामा ७७ वर्षीया इन्द्रमाया राईको मृत्यु भएको छ भने उनका पति ७० वर्षीय भक्तबहादुर राईको अवस्था गम्भीर छ। उनीहरूको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ।

2-1765180185.jpg
  शनिबार दिउँसो भक्तबहादुर राई घर नजिकै खोल्सामा बेहोस अवस्थामा भेटिएपछि स्थानीयले उद्धार गरी घर पुर्‍याएका थिए। त्यतिबेला घरभित्र इन्द्रमाया राई पनि बेहोस अवस्थामा फेला परेकी थिइन्। अस्पताल लैजाने क्रममा इन्द्रमायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी हरिनन्दन चौधरीले जानकारी दिए।

pakrau-22025-11-06-04-03-38-1765180233.jpeg
  प्रारम्भिक अनुसन्धानअनुसार दम्पतीले सेवन गरेको खानामा विष मिसाइएको देखिएको प्रहरीले जनाएको छ। घटनास्थल नजिकै रहेको खोरमा तीनवटा कुखुरा मृत भेटिएपछि पनि विष प्रयोग भएको आशंका बढेको थियो।

यस प्रकरणमा संलग्न रहेको आरोपमा ३२ वर्षीया भतिजी बुहारी सुनीता कार्कीलाई पक्राउ गरिएको छ। प्रहरीले सुनीताले खानामा विष राखेको स्वीकारोक्ति दिएको जनाएको छ। उनले प्रयोग गरेको विषको बट्टा अँगेनामा जलाएको बताएकी छिन्, सो बट्टा जलेको अवस्थामा प्रहरीले बरामद गरेको छ।

1-1765180186.JPG
  विषको प्रकार र मृत्युको कारणबारे स्पष्ट जानकारी पोस्टमार्टम, फरेन्सिक तथा प्रयोगशाला परीक्षणपछि मात्र आउने प्रहरीले जनाएको छ। सुनीताविरुद्ध कर्तव्यज्यान मुद्दा दर्ता गरेर म्याद थपिएको र थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

घटनाका बेला वृद्ध दम्पतीसँगै बस्ने भतिजा प्रशान राई घरबाहिर रहेकोले घटना योजना गरेर गराइएको हुनसक्ने अनुसन्धानकर्ताहरूको अनुमान छ। पारिवारिक विवाद सम्भावित कारणका रूपमा देखिएको प्रहरीको भनाइ छ।

3-1765181091.jpg
  स्थानीयले घटनाको निष्पक्ष र गहिरो छानबिन गरी दोषीलाई कानुनी कठघरामा उभ्याउन माग गरेका छन्। प्रहरी इन्स्पेक्टर राजीव गिरीको नेतृत्वमा अनुसन्धान जारी छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार