चन्दननाथ नगरपालिका–५ मा फायर हाइड्रेन्टले पहिलोपटक आगो नियन्त्रण
खलङ्गा, २२ मंसिर
चन्दननाथ नगरपालिका–५ को खलङ्गा बजारमा पहिलोपटक जडान गरिएको ‘फायर हाइड्रेन्ट’ले हालै मोबाइल पसलमा लागेको आगो नियन्त्रणमा ठूलो भूमिका खेलेको छ। साँघुरा गल्लीका कारण दमकल पुग्न नसक्ने क्षेत्रमा राखिएको ड्राइराइजरमार्फत स्थानीय, अग्निनियन्त्रक र सुरक्षाकर्मीको सहयोगमा आगो छिट्टै नियन्त्रणमा आएको थियो।

स्वीस रेडक्रसको सहयोगमा नेपाल रेडक्रस सोसाइटी जुम्ला शाखाले चन्दननाथ नगरपालिकाका वडा २, ३ र ५ मा फायर हाइड्रेन्ट जडान गरेको हो। उच्च जोखिम क्षेत्रका समुदायलाई यसको प्रयोगबारे प्रशिक्षण पनि दिइएको छ।
नगरपालिकाका उपप्रमुख रामदेवी खड्काका अनुसार बजार क्षेत्र वर्षौंदेखि आगलागी जोखिममा रहेकाले हाइड्रेन्ट स्थापना प्रभावकारी बनेको हो। नगरले दुईवटा अग्नि–नियन्त्रण मोटरसाइकल पनि तयारी अवस्थामा राखेको छ।

यसअघि काठमाडौँ महानगरका असन–इन्द्रचोक क्षेत्रमा पहिलोपटक फायर हाइड्रेन्ट परीक्षण गरिएको थियो। सो अनुभवलाई आधार मानेर जुम्लामा पनि विस्तार गरिएको नेपाल रेडक्रसका अधिकारीहरूले बताए।
फेदीखोला गाउँपालिकामा ट्होटे पर्वको अवसरमा सार्वजनिक बिदा
हुप्सेकोट गाउँपालिकामा छोरी जन्मिँदा बैंक खातासहित नगद प्रोत्साहन कार्यक्रम
पोखरा महानगरपालिकामा फेवाताल किनारका जलारी समुदाय विस्थापनको चिन्ता
पाख्रीबास नगरपालिकामा सडक मजदुर पारिश्रमिकविहीन
तनहुँका पालिकामा क्रसर उद्योगमाथि कडा अनुगमन, चार उद्योगको बिजुली काटियो
