बाँसगढी नगरपालिकाबाट अवैध टिमुर तस्करी, एक पक्राउ - पूर्ण प्रसाद भाट :: Palika753
नेभिगेशन
समाचार

बाँसगढी नगरपालिकाबाट अवैध टिमुर तस्करी, एक पक्राउ

बर्दिया, मंसिर २४

  
 अवैध रूपमा जडीबुटी ओसारपसार गर्दै गरेको अवस्थामा प्रहरीले चार क्विन्टल ६२ किलोग्राम टिमुरसहित एक जनालाई पक्राउ गरेको छ। बरामद टिमुरको मूल्य करिब साढे चार लाख रुपैयाँ बराबर पर्ने अनुमान गरिएको छ।

2-1765358677.jpg
 

बाँसगढी नगरपालिका–१ चेपाङबाट बाजुराबाट नेपालगञ्जतर्फ ल्याइँदै गरेको सु प्र ०१–००१ क २१७४ नम्बरको ट्रकलाई चेकजाँच गर्ने क्रममा १८ बोरा टिमुर भेटिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। ट्रक चालक, शुक्लाफाँटा नगरपालिका–२ का ४३ वर्षीय तेजबहादुर जागरीलाई घटनास्थलमै नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले जानकारी दिए।

1-1765358677.JPG
 

बरामद गरिएको टिमुरलाई आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय, कोहलपुर (बाँके) मा बुझाइएको प्रहरीले जनाएको छ। कार्कीका अनुसार टिमुर कुनै पनि अनुमति बिना ओसारपसार गरिएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार