गोदावरी नगरपालिकामा सामुदायिक वनको माटो अवैध बिक्री - पूर्ण प्रसाद भाट :: Palika753
नेभिगेशन
समाचार

गोदावरी नगरपालिकामा सामुदायिक वनको माटो अवैध बिक्री

कैलाली, मंसिर २४


    गोदावरी नगरपालिका–२ स्थित दुर्गालक्ष्मी महिला सामुदायिक वन उपभोक्ता समितिले वन क्षेत्रको माटो उत्खनन गरी बिक्री गर्दै आएको खुलेको छ। वन पदाधिकारी, कर्मचारी र केही जनप्रतिनिधिको मिलेमत्तोमा स्काभेटर र टिप्पर प्रयोग गरी जथाभावी माटो निकालिएको स्थानीयले बताएका छन्।

2-1765702312.jpg
   सब–डिभिजन वन कार्यालय गोदावरीका प्रमुख कृष्णबहादुर बोहराले माटो उत्खननबारे आफूलाई जानकारी नभएको र सामुदायिक वनको माटो बिक्री कानुनतः अनुमति नभएको स्पष्ट पारे। समितिकी अध्यक्ष सिबा कडायतले नर्सरी निर्माणका लागि स्थानीय ठेकेदारलाई माटो उत्खननको अनुमति दिएको स्वीकार गरेकी छिन्। स्थानीयका अनुसार समितिले उत्खननबाट प्राप्त माटो प्रतिटिप्पर ४ देखि ५ हजार रुपैयाँमा बिक्री गर्दै आएको र लाखौँ रुपैयाँ हिनामिना भएको आशंका छ।

1-1765702315.JPG
    लगातार माटो निकालिँदा वन क्षेत्रमा गहिरो खाल्डो बनेपछि स्थानीयले जिम्मेवार व्यक्तिमाथि कारबाही र उत्खनन तत्काल रोक्न माग गरिरहेका छन्। स्थानीयले अवरोध गर्ने प्रयास गर्दा धम्कीसमेत आउने गरेको गुनासो गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार