गोदावरी नगरपालिकामा सामुदायिक वनको माटो अवैध बिक्री
कैलाली, मंसिर २४
गोदावरी नगरपालिका–२ स्थित दुर्गालक्ष्मी महिला सामुदायिक वन उपभोक्ता समितिले वन क्षेत्रको माटो उत्खनन गरी बिक्री गर्दै आएको खुलेको छ। वन पदाधिकारी, कर्मचारी र केही जनप्रतिनिधिको मिलेमत्तोमा स्काभेटर र टिप्पर प्रयोग गरी जथाभावी माटो निकालिएको स्थानीयले बताएका छन्।

सब–डिभिजन वन कार्यालय गोदावरीका प्रमुख कृष्णबहादुर बोहराले माटो उत्खननबारे आफूलाई जानकारी नभएको र सामुदायिक वनको माटो बिक्री कानुनतः अनुमति नभएको स्पष्ट पारे। समितिकी अध्यक्ष सिबा कडायतले नर्सरी निर्माणका लागि स्थानीय ठेकेदारलाई माटो उत्खननको अनुमति दिएको स्वीकार गरेकी छिन्। स्थानीयका अनुसार समितिले उत्खननबाट प्राप्त माटो प्रतिटिप्पर ४ देखि ५ हजार रुपैयाँमा बिक्री गर्दै आएको र लाखौँ रुपैयाँ हिनामिना भएको आशंका छ।
लगातार माटो निकालिँदा वन क्षेत्रमा गहिरो खाल्डो बनेपछि स्थानीयले जिम्मेवार व्यक्तिमाथि कारबाही र उत्खनन तत्काल रोक्न माग गरिरहेका छन्। स्थानीयले अवरोध गर्ने प्रयास गर्दा धम्कीसमेत आउने गरेको गुनासो गरेका छन्।
फेदीखोला गाउँपालिकामा ट्होटे पर्वको अवसरमा सार्वजनिक बिदा
हुप्सेकोट गाउँपालिकामा छोरी जन्मिँदा बैंक खातासहित नगद प्रोत्साहन कार्यक्रम
पोखरा महानगरपालिकामा फेवाताल किनारका जलारी समुदाय विस्थापनको चिन्ता
पाख्रीबास नगरपालिकामा सडक मजदुर पारिश्रमिकविहीन
तनहुँका पालिकामा क्रसर उद्योगमाथि कडा अनुगमन, चार उद्योगको बिजुली काटियो
