काठमाडौँ महानगरपालिका द्वारा रानीबारीका कवाडी केन्द्र हटाइयो - पूर्ण प्रसाद भाट :: Palika753
नेभिगेशन
समाचार

काठमाडौँ महानगरपालिका द्वारा रानीबारीका कवाडी केन्द्र हटाइयो

काठमाडौँ, मंसिर २५


 काठमाडौँ महानगरपालिकाले रानीबारी क्षेत्रभित्र सञ्चालन हुँदै आएका कवाडी सङ्कलन केन्द्रहरू हटाउने उद्देश्यले डोजर प्रयोग गरेको छ। महानगर प्रहरी बलको टोलीले बिहीबार टाउनप्लानिङ्ग क्षेत्रमा रहेका दुई कवाडी केन्द्रमा कारबाही गर्दै संरचना भत्काएको हो।

1-1765448701.JPG
  महानगरका अनुसार बस्तीको बीचमा अवस्थित कवाडी सङ्कलन स्थलले स्थानीयवासीलाई स्वास्थ्य र सुरक्षा दुवै क्षेत्रमा जोखिम पैदा गरेको भन्दै ती केन्द्रहरू हटाउनुपरेको हो। महानगरले हाल आफ्नो क्षेत्रमा रहेका सबै अनियमित रूपमा सञ्चालन भएका कवाडी केन्द्रहरू हटाउने अभियान अघि बढाइरहेको छ।

2-1765448154.jpg
  यसैबीच, कवाडी व्यवसायीहरूले भने महानगरको कारबाहीप्रति असन्तुष्टि जनाउँदै विरोध प्रकट  गरेका छन्। व्यवसायीहरूले उचित विकल्प नदिई जबर्जस्ती हटाइएको आरोप लगाएका छन्। महानगरपालिकाले भने सार्वजनिक स्वास्थ्य र सुरक्षित बसोबासलाई प्राथमिकता दिएर कारबाही गरिएको भन्दै अभियान निरन्तर रूपमा अघि बढ्ने जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार