समाचार
वीरगञ्ज महानगरपालिकामा बिपी उद्यान अतिक्रमण हटाइयो
वीरगञ्ज, मंसिर २८
वीरगञ्ज महानगरपालिकाले घण्टाघर चोक नजिकै रहेको बिपी उद्यान अतिक्रमण गरेर अस्थायी रूपमा सञ्चालन हुँदै आएका पसलहरू हटाएको छ। महानगर प्रमुख राजेशमान सिंहका अनुसार, उद्यान वरिपरि फलफूल, तरकारी, कपडा र अन्य अस्थायी स्टलहरूले अव्यवस्था सिर्जना गरिरहेका थिए।

प्रमुख सिंहले भने, “अव्यवस्थित बजारलाई आज बिहान एक्जाभेटरको माध्यमबाट खाली गराइयो। यहाँ व्यापार गर्दै आएका पसलधनीहरूले सरसमान हटाउने काममा सहकार्य गरिरहेका छन्।”
उद्यान वरिपरि करिब २५० भन्दा बढी अस्थायी पसलहरू सञ्चालन हुँदै आएका थिए। महानगरले अब करिब ७० करोड रुपैयाँ खर्च गरेर यस ठाउँमा हरियालीयुक्त र सुन्दर पार्क निर्माण गर्ने योजना अघि बढाउने जनाएको छ। साथै, हटाइएका व्यापारिकहरूका लागि छपकैयाँ स्थित रेल्वे सडकमा आवश्यक संरचना तयार गरिएको छ।
प्रकाशित मिति:
आइतबार, मंसिर २९, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
समाचार
फेदीखोला गाउँपालिकामा ट्होटे पर्वको अवसरमा सार्वजनिक बिदा
मंगलबार, चैत २४, २०८२
हुप्सेकोट गाउँपालिकामा छोरी जन्मिँदा बैंक खातासहित नगद प्रोत्साहन कार्यक्रम
मंगलबार, चैत २४, २०८२
पोखरा महानगरपालिकामा फेवाताल किनारका जलारी समुदाय विस्थापनको चिन्ता
मंगलबार, चैत २४, २०८२
पाख्रीबास नगरपालिकामा सडक मजदुर पारिश्रमिकविहीन
मंगलबार, चैत २४, २०८२
तनहुँका पालिकामा क्रसर उद्योगमाथि कडा अनुगमन, चार उद्योगको बिजुली काटियो
सोमबार, चैत २३, २०८२
धादिङको ज्वालामुखी पालिकाबाट उद्यमीदेखि सभामुखसम्म: डोलप्रसाद अर्यालको यात्रा
आइतबार, चैत २२, २०८२
समाचार
