रामग्राम नगरपालिकामा विदेशी पर्यटकको चहलपहल बढ्दो - पूर्ण प्रसाद भाट :: Palika753
नेभिगेशन
समाचार

रामग्राम नगरपालिकामा विदेशी पर्यटकको चहलपहल बढ्दो

परासी,१ पुस
 

   गौतम बुद्धको अस्तुधातु सुरक्षित रहेको पश्चिम नवलपरासीको रामग्राम नगरपालिकास्थित रामग्राम स्तूपमा पछिल्लो समय विदेशी पर्यटक तथा बौद्ध तीर्थयात्रीको आगमन उल्लेख्य रूपमा बढ्दै गएको छ। बौद्ध दर्शनअनुसार बुद्धको अस्तुधातुको सान्निध्यमा गरिने आध्यात्मिक साधनाको विशेष महत्व रहने विश्वासका कारण विश्वका विभिन्न मुलुकबाट श्रद्धालु यहाँ आकर्षित भएका हुन्।

2-1765878751.jpg
  सन् २०२५ नोभेम्बरसम्ममा नेपाल र भारतबाहेक ३१ देशका १५ हजारभन्दा बढी तेस्रो मुलुकका पर्यटक तथा बौद्ध तीर्थयात्रीले रामग्राम स्तूपको भ्रमण गरिसकेका छन्। नगरपालिकाका अनुसार आगन्तुकमध्ये सबै भन्दा धेरै थाइल्यान्डबाट आएका छन्, जसको संख्या ६ हजार १६० रहेको छ। त्यस्तै चीनबाट २ हजार २०७, बर्माबाट ९७५ र दक्षिण कोरियाबाट ७९६ जना पर्यटकले स्तूपको अवलोकन गरेका छन्।

3-1765878832.jpg
    रामग्राम नगरपालिकाले स्तूप क्षेत्रको संरक्षण, विकास र प्रवर्धनलाई उच्च प्राथमिकतामा राख्दै काम गरिरहेको जनाएको छ। नगरप्रमुख धनपत यादवले रामग्राम स्तूप विश्वकै महत्वपूर्ण बौद्ध सम्पदाका रूपमा चिनिन थालेको बताउनुभयो। पर्यटकको बढ्दो चापले स्थानीय सरकारलाई थप जिम्मेवार बनाएको उहाँको भनाइ छ।

1-1765878750.JPG
   नगरप्रमुख यादवका अनुसार रामग्राम स्तूपको पहिचान अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्न नगरपालिकाले निरन्तर पहल गरिरहेको छ। साथै, धार्मिक पर्यटन प्रवर्धनमार्फत स्थानीय अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य पनि लिइएको उहाँले उल्लेख गर्नुभयो।

4-1765878832.jpg
   प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले स्तूप क्षेत्रलाई पर्यटक तथा तीर्थयात्रीका लागि सुरक्षित, सहज र व्यवस्थित बनाउन स्थानीय सरकारले केन्द्र र प्रदेश सरकारसँग समन्वय गर्दै पूर्वाधार विकास तथा सेवा सुविधाको विस्तारमा जोड दिएको जानकारी दिनुभयो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार