कञ्चनपुरका पालिकामा भूमि नाप जाँचको काम पुनः सुरु
कञ्चनपुर , १ पुस
कञ्चनपुर भूमि समस्या समाधान आयोग जिल्ला समिति, कञ्चनपुरले जिल्लामा भूमि नाप जाँचको काम पुनः सुरु गरेको छ। जेनजी आन्दोलनपछि अन्तरिम सरकारले विघटन गरेको आयोग सर्वोच्च अदालतले पुनःस्थापना गरेपछि काम अघि बढाइएको हो।
आयोग कञ्चनपुरका प्रमुख नेत्रप्रकाश पन्तका अनुसार हाल भीमदत्त नगरपालिका वडा नं. १२, कृष्णपुर नगरपालिका वडा नं. ७ र शुक्लाफाँटा नगरपालिका वडा नं. ४ र ११ मा नाप जाँचको काम भइरहेको छ। यसअघिका आयोगहरूबाट प्राप्त निवेदन र हालको आयोगमा पुगेका निवेदन समग्रमा नाप जाँचको काम भइरहेको उनले जानकारी दिनुभयो।
सर्वोच्च अदालतले आयोग पुनःस्थापना गरेपछि जिल्ला समितिले बाँकी पुर्जा वितरण, आवेदन सङ्कलन र अन्य प्रक्रियाहरू अघि बढाउने योजना बनाएको छ। पन्तका अनुसार आयोग विघटन नगरिएको भए हालसम्म जिल्लामा करिब १५ हजार पुर्जा वितरण भइसकेको हुन्थ्यो।
हाल १३ सर्वेक्षकमध्ये ५ र २० अमिनमध्ये ३ जनाले मात्र कार्यालयमा उपस्थित भई फिल्डमा नाप जाँचको काम गरिरहेका छन्। विगतमा ४ सर्वेक्षकले राजीनामा दिएकोले जनशक्तिको व्यवस्थापनमा चुनौती देखिएको छ। आवश्यक जनशक्ति खटाएपछि काम द्रुत गतिमा अघि बढाइने पन्तले बताउनु भयो।
फेदीखोला गाउँपालिकामा ट्होटे पर्वको अवसरमा सार्वजनिक बिदा
हुप्सेकोट गाउँपालिकामा छोरी जन्मिँदा बैंक खातासहित नगद प्रोत्साहन कार्यक्रम
पोखरा महानगरपालिकामा फेवाताल किनारका जलारी समुदाय विस्थापनको चिन्ता
पाख्रीबास नगरपालिकामा सडक मजदुर पारिश्रमिकविहीन
तनहुँका पालिकामा क्रसर उद्योगमाथि कडा अनुगमन, चार उद्योगको बिजुली काटियो
