नौबहिनी पालिकाको केन्द्र जोड्ने सडक कालोपत्रे हुँदै - पूर्ण प्रसाद भाट :: Palika753
नेभिगेशन
समाचार

नौबहिनी पालिकाको केन्द्र जोड्ने सडक कालोपत्रे हुँदै

प्युठान, २ पुस


   प्युठानको नौबहिनी गाउँपालिकाको केन्द्रसँग जोडिने कच्ची सडक अब कालोपत्रे गरिने भएको छ। लुम्बिनी प्रदेश सरकार अन्तर्गतको सहरी विकास तथा भवन कार्यालय दाङमार्फत करिब ६ किलोमिटर सडक स्तरोन्नतिका लागि ठेक्का सम्झौता भई निर्माण प्रक्रिया अघि बढ्न लागेको हो।

2-1765967076.jpg
  सहरी विकास तथा भवन कार्यालय दाङका प्रमुख इन्जिनियर ईश्वरीप्रसाद देवकोटाका अनुसार सडक स्तरोन्नतिको काम दुई प्याकेजमा ठेक्का लगाइएको छ। दम्ती–धाईरे खण्ड सहरी विकासतर्फ भ्याटसहित ४ करोड १५ लाख ४ हजार ५०९ रुपैयाँमा र धाईरे–अधेरी खण्ड सहरी पूर्वाधार विकासतर्फ भ्याटसहित ४ करोड २९ लाख ८१ हजार ९१९ रुपैयाँमा ठेक्का सम्झौता भएको उहाँले जानकारी दिनुभयो। दुवै आयोजनाको निर्माण अवधि आगामी असार १ गतेसम्म तोकिएको छ।

4-1765967182.jpg
  लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज राणा) ले सोमबार दम्ती–धाईरे–अधेरी सडक खण्डको औपचारिक शिलान्यास गर्नुभएको हो। चालु आर्थिक वर्षभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम अघि बढाइएको मन्त्री थापाले बताउनुभयो। “

1-1766737448.JPG
    दम्ती–अँधेरी कच्ची सडक कालोपत्रे गर्ने प्रतिबद्धता पूरा हुन थालेको छ,” उहाँले भन्नुभयो, “यसका लागि आवश्यक बजेट व्यवस्था गरिएको छ।” मन्त्री थापाले बाहाने–स्याउलिवाङ सडक खण्डमा समपूरक योजनाअन्तर्गत ४२ करोड रुपैयाँ बराबरको काम भइरहेको जानकारी पनि दिनुभयो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार