समाचार
प्रधानमन्त्री ओलीद्वारा मटिहानी पालिकामा बिग्ही नदी पुलको उद्घाटन
महोत्तरी, ९ साउन। प्रधानमन्त्री केपी शर्मा ओलीले महोत्तरी जिल्लाको मटिहानी नगरपालिका ८ स्थित बिग्ही नदीमा निर्माण गरिएको नयाँ पुलको उद्घाटन गर्नुभएको छ।
यो पुल मटिहानीलाई जनकपुरसँग जोड्ने महत्वपूर्ण मार्गको रुपमा कार्य गर्नेछ। यसले भारतीय सीमावर्ती क्षेत्रबाट जनकपुर जाने सानो मार्गलाई सजिलो बनाउनेछ। उद्घाटन कार्यक्रममा महोत्तरी क्षेत्र नं। ३ का प्रतिनिधिसभा सदस्य महन्थ ठाकुर, श्रम तथा रोजगारमन्त्री शरतसिंह भण्डारी, मधेश प्रदेशकी प्रमुख सावित्री भण्डारी र मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलगायतका प्रमुख व्यक्तिहरूको उपस्थिति थियो।कालिका कन्सट्रक्सन प्रा।लि।, भरतपुर चितवनद्वारा ७ करोड ५७ लाख ८० हजार २८३ रुपियाँमा निर्माण गरिएको हो । पुलले मटिहानी र आसपासका क्षेत्रका जनतालाई यातायातको थप सुविधा र सहजता दिने अपेक्षा गरिएको छ।
प्रकाशित मिति:
शुक्रबार, साउन १०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
समाचार
फेदीखोला गाउँपालिकामा ट्होटे पर्वको अवसरमा सार्वजनिक बिदा
मंगलबार, चैत २४, २०८२
हुप्सेकोट गाउँपालिकामा छोरी जन्मिँदा बैंक खातासहित नगद प्रोत्साहन कार्यक्रम
मंगलबार, चैत २४, २०८२
पोखरा महानगरपालिकामा फेवाताल किनारका जलारी समुदाय विस्थापनको चिन्ता
मंगलबार, चैत २४, २०८२
पाख्रीबास नगरपालिकामा सडक मजदुर पारिश्रमिकविहीन
मंगलबार, चैत २४, २०८२
तनहुँका पालिकामा क्रसर उद्योगमाथि कडा अनुगमन, चार उद्योगको बिजुली काटियो
सोमबार, चैत २३, २०८२
धादिङको ज्वालामुखी पालिकाबाट उद्यमीदेखि सभामुखसम्म: डोलप्रसाद अर्यालको यात्रा
आइतबार, चैत २२, २०८२
समाचार
