लालबन्दी नगरपालिकामा गरगहना चोरी प्रकरण, चार जना पक्राउ - पूर्ण प्रसाद भाट :: Palika753
नेभिगेशन
समाचार

लालबन्दी नगरपालिकामा गरगहना चोरी प्रकरण, चार जना पक्राउ

सर्लाही, पुस ४ 


  सर्लाहीको लालबन्दी नगर क्षेत्रमा गरगहना चोरी गरी बिक्री गर्ने र चोरीका गहना खरिद गर्ने कार्यमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय लालबन्दीले चोरीमा प्रत्यक्ष संलग्न दुई जना र चोरीका गहना खरिद गर्ने दुई जना सुनचाँदी पसल सञ्चालकलाई नियन्त्रणमा लिएको हो। प्रारम्भिक अनुसन्धानका क्रममा गरगहना चोरी गर्ने मुख्य व्यक्ति एक जना नाबालक रहेको खुलेको प्रहरीले जनाएको छ। नाबालक भएकाले उनको पहिचान गोप्य राखिएको छ।

3-1766144752.jpg
    प्रहरीका अनुसार चोरी गरिएका गहना धनकौल गाउँपालिका–६ घर भई हाल लालबन्दी नगरपालिका–७ मा डेरा गरी बस्दै आएकी ३५ वर्षीया पिङ्कीदेवी साहमार्फत सुनचाँदी पसलमा बिक्री गरिँदै आएको थियो। चोरीमा संलग्न नाबालक र पिङ्कीदेवी नातेदार रहेको र उनीहरू एउटै डेरामा बस्दै आएको खुलेको छ। पिङ्कीदेवी लालबन्दी बजार क्षेत्रमा पानीपुरी र चटपटे बेच्दै हिँड्ने गरेको प्रहरीको भनाइ छ।

2-1766489923.jpg
    चोरीका गहना बिलभर्पाइबिनै खरिद गरिएको पुष्टि भएपछि प्रहरीले लालबन्दी बजारस्थित आरके ज्वेलर्सका सञ्चालक लालबन्दी–१० चन्द्रपुरका ४२ वर्षीय रमेश विश्वकर्मा र साइरा ज्वेलर्सका सञ्चालक ३१ वर्षीय कुमार विश्वकर्मालाई समेत पक्राउ गरेको छ। गरगहना चोरीमा संलग्न नाबालक, गहना बिक्रीमा संलग्न महिला र सुन खरिदकर्ता गरी चारै जनालाई चोरीसम्बन्धी कसुरमा सर्लाही जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीले जानकारी दिनुभयो।

1-1766144744.JPG
   अनुसन्धानका क्रममा मङ्सिर २३ गते लालबन्दी नगरपालिका–९ बस्तीपुरस्थित प्रमोदकुमार लुइटेलको घरबाट चोरी भएका गरगहना नाबालक बस्दै आएको कोठाबाट बरामद गरिएको प्रहरीले जनाएको छ। चोरी गरिएका गहनामध्ये एक थान तिलहरी सुनचाँदी पसलमा लगेर एक लाख ४४ हजार रुपैयाँमा बिक्री गरिएको पाइएको छ।

1-1766738297.JPG
   यस घटनामा अन्य व्यक्तिको समेत संलग्नता हुनसक्ने आशङ्कामा अनुसन्धानलाई थप विस्तार गरिएको प्रहरीले जनाएको छ। पछिल्लो समय लालबन्दी, मलङ्गवा लगायतका क्षेत्रमा घर चोरीका घटना दोहोरिन थालेपछि स्थानीयवासीसँगै प्रहरी पनि चुनौतीमा परेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार